कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना निको हुनेको संख्या ६ सय ७४ पुग्यो, पछिल्लो २४ घन्टामा ९० डिस्चार्ज

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमणबाट निको भएर पछिल्लो २४ घन्टामा ९० जना डिस्चार्ज भएका छन् । निको हुनेमा ८८ पुरुष र २ महिला रहेका छन् ।

कोरोना निको हुनेको संख्या ६ सय ७४ पुग्यो, पछिल्लो २४ घन्टामा ९० डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ६ सय ७४ पुगेको बताए ।

उनका अनुसार कोसी अस्पतालबाट ६ जना, कोभिड १९ युनिफाइड कमान्ड बलम्बु अस्पतालबाट १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना, कोभिड १९ अस्पताल जनकपुरबाट ३७ जना,महेन्द्रगेनाइ आइसोलेसन सेन्टर सिरहाबाट २० जना, कोरोना अस्पताल बेलझुण्डी दाङबाट ७ जना डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७२ हजार ८८० नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख १० हजार ७४४ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ७२ हजार २६६ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ३ हजार ६७५ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर र अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा र चितवनमा १/१ गरी १५ जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७७ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?