कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेका २९ जना कोरोना संक्रमित निकाे भएर घर फर्कंदै

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेका २९ जना कोरोनामुक्त भएर मंगलबार घर फर्किँदै छन् । सबैभन्दा बढी प्रभावित नरैनापुरका २२ र राप्ती सोनारीका ७ जनालाई डिस्चार्ज गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेको संख्या ९७ पुगेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार नरैनापुरका २२ जना कोहलपुर नगरपालिकाको पिपरीस्थित कृषि विकास बैंकको तालिम कक्षको आइसोलेसन सेन्टरमा थिए भने राप्ती सोनारीका ७ जना स्थानीय आइसोलेसन सेन्टरमा थिए ।

उनीहरु सबै भारतबाट आएपछि परीक्षण गर्दा कोरोना संक्रमित भेटिएका थिए। बाँकेमा हालसम्म २ सय ७९ जनामा कोरोना संक्रमित भइसकेका छन् भने एक जनाको क्वारेन्टाइनमै मृत्यु भइसकेको छ ।


प्रकाशित : जेष्ठ २७, २०७७ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?