कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्जिनियरविरुद्ध घूस खाएको आरोपमा मुद्दा

काठमाडौँ — मोरङको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयका प्रमुख इन्जिनियर आनन्दकुमार झाविरुद्ध घूस खाएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रमाण नष्ट गर्न १० हजार घूस शौचालयमा फालेको आरोपमा उनी पक्राउ परेका थिए । उनले तटबन्धन बनाउन १ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घूस लिन खोजेका थिए ।

इन्जिनियरविरुद्ध घूस खाएको आरोपमा मुद्दा

कर्मचारीले नमागेको अवस्थामा नै जबर्जस्ती घर्रामा खाम राख्न खोजेपछि मन्त्रालयका कर्मचारीहरुले माथिल्लो तहका पदाधिकारीलाई खबर गरेका थिए । घटना जानकारी हुनासाथ झाले प्रमाण नष्ट गर्न उक्त रकम मन्त्रालयको शौचालयमा फाली फ्लस गर्न खाजेका थिए । उनीविरुद्ध शुक्रबार मुद्दा दायर भएको छ ।


प्रकाशित : जेष्ठ २३, २०७७ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?