कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ११ पुग्यो

काठमाडौँ — नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले सुर्खेतका २८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेका छन् ।

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ११ पुग्यो

यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

मन्त्रालयका अनुसार उनी सुर्खेत पञ्चपुरी नगरपालिकाका हुन् । गत जेठ ८ गते भारतबाट आएका उनी १४ दिन स्थानीय क्‍वारेन्टाइनमा रहँदै आएका थिए । घर फर्किँदा आरडीटी नेगेटिभ आएको र क्‍वारेन्टाइनमा रहँदा कुनै संक्रमणको लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ । उनको घर फर्किने क्रममा २२ गते मृत्यु भएको हो ।

हालसम्म योसहित कोरोना संक्रमणले सिन्धुपाल्चोक, बाँके,गुल्मी,बारा,ललितपुर,अर्घाखाँचीका, दैलेख, बाजुरा,दोलखा र पाल्पाका एक/एक एक जना गरी ११ जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?