कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पाका ४५ वर्षीय पुरुषको कोरोनाले मृत्यु, मृतकको संख्या १० पुग्यो

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पाल्पाका ४५ वर्षीय पुरुषको कोरोनाले मृत्यु, मृतकको संख्या १० पुग्यो

मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता डा विकास देवकोटाले मृत्युको पुष्टि गरेका हुन् । मन्त्रालयका अनुसार ती व्यक्ति भारतबाट ५ दिनअघि आएका र क्‍वारेन्टाइनमा रहेका थिए । स्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई पाल्पा मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु २० गते भएको हो ।

यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाको एक गरी १० जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ २२, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?