कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनता जोगाउन संघले प्रदेश सरकारसँग समन्वय नगरेको मुख्यमन्त्री राउतको आरोप

काठमाडौँ — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो प्रदेशका जनतालाई कोरोनाबाट जोगाउन संघीय सरकारले कुनै किसिमको समन्वय नगरेको आरोप लगाएका छन् । ‘यत्रो महामारीको बेला संघीय सरकारका कुनै मन्त्रीले पनि हामीलाई सम्पर्क गर्दैन । संसद्‌मा भाषण गरेरमात्रै सुधार हुँदैन,’ श्रम, रोजगार पत्रकार समूहद्वारा मंगलबार आयोजित छलफलमा उनले भने,  ‘मेलै प्रोटोकल बिर्सेर जनताको लागि आफैंले संघीय सरकारका मन्त्रीहरु खोज्दै हिँड्नु परेको छ । स्वास्थ्य सचिव, डिजीलाई आफैंले फोन गर्नुपर्छ, संघले प्रदेशसँग समन्वय गरेन ।’

जनता जोगाउन संघले प्रदेश सरकारसँग समन्वय नगरेको मुख्यमन्त्री राउतको आरोप

उनले कोरोना भाइरसबाट जनतालाई जगाउन संघीय र प्रदेश सरकारका प्रतिनिधि रहने संयुक्त टोली बनाउनुपर्ने बताए । ‘हाम्रा कामलाई प्रभावकारी समन्वय गर्नको लागि संयुक्त टोली बनाउन पहल गरिरहेको छु’, उनले भने,‘सरकारले प्रदेशलाई मतलब नगरे पनि आफूहरुले स्थानीय प्रशासनलाई ५० लाख रुपैयाँ पठाइसकेका छौं ।’ उनले नगर र गाउँपालिकाबाट तयार गरिएको क्‍वारेन्टाइनको गुणस्तर निकै कमजोर रहेको भन्दै संघीय सरकारले चाहिने स्वास्थ्य सामग्री पनि न्युन पठाएको उल्लेख गरे ।

राउतले भारत सहित खाडी र मलेसियाबाट फर्किने कामदारले प्रदेशको कृषि उत्पादनमा सहयोग पुग्ने बताए ।‘प्रदेश २ को विशेषता भनेको कृषिमा केन्द्रित समाज छ । कामदार नहुँदा कृषि उत्पादनमा असर परेको थियो’, उनले भने,‘अब हामीले विदेशबाट फर्किनेलाई सरकार नै ग्यारेन्टी बसेर ऋण प्रवाह गर्ने योजना बनाउँदैछौं । उहाँहरुलाई हामी हार्दिकताका साथ स्वागत गर्दै सीपको सदुपयोग गर्नेछौं ।’

छलफलमा दक्षिण एसिया ट्रेड युनियनका महासचिव लक्ष्मणबवस्नेतले विदेशबाट आउने कामदारको घरफिर्ती अधिकार भएको भन्दै व्यवस्थापनलाई चुस्त बनाउनुपर्ने बताए ।


प्रकाशित : जेष्ठ २०, २०७७ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?