कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकसेवाको परीक्षामा सहभागी हुन कोरोना परीक्षण रिपोर्ट अनिवार्य

काठमाडौँ — लोकसेवा आयोगद्वारा सञ्चालन हुने परीक्षामा सहभागी हुन उम्मेदवारहरूले अनिवार्य रूपमा कोरोना परीक्षणको पीसीआर रिपोर्ट बुझाउनु पर्ने भएको छ ।

लोकसेवाको परीक्षामा सहभागी हुन कोरोना परीक्षण रिपोर्ट अनिवार्य

आयोगले मंगलबार सूचना जारी गरी आफ्नो परीक्षामा सहभागी हुन आउने उम्मेदवारहरूलाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य रूपमा पेस गर्न भनेको छ ।

आयोगको सोमबार बसेको बैठकले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव वा सो सरह) को बााकी परीक्षा लिने निर्णय गरेको छ । आयोगले असार २ गते सहसचिवका लागि अन्तर्वार्ता लिने कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगले सूचनामा काठमाडौं बाहिर कार्यरत रहेका तथा लकडाउनका बेला काठमाडौं बाहिर गएर फर्केका उम्मेदवारले उक्त परीक्षामा सहभागी हुन कोरोनाको पीसीआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने उल्लेख गरेको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गरी सहसचिव वा सो सरह (प्राविधिक/अप्राविधिक) को परीक्षा र अन्तर्वार्ताका लागि नयाँ कार्यतालिका जारी गरेको छ ।

‘काठमाडौं उपत्यकाबाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउनमा उपत्यका बाहिर गई आएका उम्मेद्वारहरूले अन्तर्वार्ता अगावै आफ्नो पीसीआर परीक्षण गराई त्यसको सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउनु पर्नेछ,’ आयोगको सूचनामा छ ।

प्रकाशित : जेष्ठ २०, २०७७ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?