१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

गृहद्वारा प्रजिअहरुको सरुवा, को कहाँ ?

काठमाडौँ — गृह मन्त्रालयले सोमबार ४४ जना सहसचिव/उपसचिवको सरुवा गरेको छ । सोमबार मन्त्रालयले प्रमुख जिल्ला अधिकारी दरबन्दीसहित ४४ जनाको सरुवा गरेको हो ।

गृहद्वारा प्रजिअहरुको सरुवा, को कहाँ ?

जेठ १८ गते भएको गृहमन्त्रालयको मन्त्रीस्तरको निर्णयबमोजिम विभिन्न कार्यालयमा कार्यरत सहसचिव/उपसचिवहरुको सरुवा, काज तथा पदस्थापना गरिएको हो ।

यसअघि सुर्खेतमा प्रमुख जिल्ला अधिकारी(सीडीओ)मा रुपमा कार्यरत रमेश न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय पाल्पामा सरुवा गरिएको छ । त्यस्तै पाल्पाका सीडीओ यादव सुवेदीलाई गृहमन्त्रालयको सहसचिवका रुपमा काजमा खटाइएको छ ।

त्यस्तै गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव हिरालाल रेग्मीलाई सुर्खेतको सीडीओमा पदस्थापन गरिएको छ । त्यसैगरी बर्दियाका सीडीओ प्रेम लामिछानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने ओखलढुंगाका सीडीओ गणेश आचार्यलाई डिल्लीबजार कारागारको जेलरमा सरुवा गरिएको छ । डिल्लीबजार कारागार जेलर अरुण पोखरेलाई उदयपुरको सहायक सीडीओमा सरुवा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सीडीओ जीवन आचार्यलाई संखुवासभाको सीडीओमा सरुवा गरिको छ ।

को कहाँ सरुवा ?

प्रकाशित : जेष्ठ १९, २०७७ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?