कोरोनाले मृत्यु हुनेको संख्या ८ पुगेको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि- समाचार - कान्तिपुर समाचार

कोरोनाले मृत्यु हुनेको संख्या ८ पुगेको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोनाले नेपालमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गर्ने नियमित प्रेस मिटमा बोल्दै प्रवक्ता डा विकास देवकोटाले बाजुराकी २ वर्षीया बालिकामा कोरोना संक्रमणका कारण मृत्यु भएको जनाए । उनको आइतबार बिहान मृत्यु भएको थियो ।

त्यसैगरी, शनिबार दुल्लु नगरपालिका ११ दैलेखका का ३५ वर्ष पुरुषको कोरानाले मृत्यु भएको मन्त्रालयले जनाएको छ । बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी बालिकामा सेती प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो ।

बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या हुने लक्षणहरु देखिएका थिए । उनको परिवार आठ दिनअघि परिवार भारतबाट फर्किएको हो । यो सँगै कोरोनाले नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक र यो गरी ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्

थप १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ५६७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या पुगेको १ हजार ५६७ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ५६७ पुगेको जनाए ।

संक्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जना रहेको मन्त्रालयले जनाएको हो ।

संक्रमितमध्ये हालसम्म २२० जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १ जना डिस्चार्ज भएका हुन् । मकवानपुरकी महिला डिस्चार्ज भएर घर फर्किएकी हुन् । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १९ हजार १९२ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ३ सय उन्चास जना रहेको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडिटी विधिबाट १ लाख ११ हजार १०९ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ६९ हजार ५ सय ८२ परीक्षणहरु गरिएका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।


प्रकाशित : जेष्ठ १८, २०७७ १६:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×