कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाजुराको आइसोलेसनमा मृत्यु भएकी २ वर्षीया बालिकालाई कोरोना पुष्टि

सुदूरपश्‍चिममा पहिलो पटक कोरोनाले मृत्यु
वसन्तप्रताप सिंह

बझाङ — बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी बालिकामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । उनको सेती प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो । सुदूरपश्चिम प्रदेशमा कोरानाबाट ज्यान गएको यो पहिलो घटना हो । 

बाजुराको आइसोलेसनमा मृत्यु भएकी २ वर्षीया बालिकालाई कोरोना पुष्टि

मृतक बालिकाकी २३ वर्षीया आमामा पनि कोरोना पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिं कार्कीले मृतक बालिका र आमामा कोरोना पोजिटिभ देखिएको पुष्टि गरे । थप विवरण चार बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए ।

संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । सँगै भारतबाट आएका मृतक बालिकाका बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । बालिकालाई संक्रमणको शंका लागेपछि उनका आमा र बुवासहित जेठ १५ गते आइसोलेसनमा राखिएको थियो ।

स्थानीय बूढीगंगा नगरपालिका-१ को धुरालसैन माध्यमिक विद्यालयमा रहको क्वारेन्टाइनमा बालिकाको अवस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा ल्याइएको थियो । बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या हुने लक्षणहरु देखिएका थिए । उनको परिवार आठ दिनअघि परिवार भारतबाट फर्किएको हो ।

सम्बन्धित समाचार

बाजुरा अस्पतालको आइसोलेसनमा रहेकी २ वर्षीया बालिकाको मृत्यु

प्रकाशित : जेष्ठ १८, २०७७ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?