कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ मा थपिए ६० संक्रमित

प्रदेश २ मा संक्रमितको संख्या ६ सय ९ पुग्यो
अजित तिवारी

जनकपुर — प्रदेश २ मा आइतबार ६० जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार यससँगै प्रदेश २ मा संक्रमितको संख्या ६ सय ९ पुगेको छ ।

प्रदेश २ मा थपिए ६० संक्रमित

आइतबार थपिएका नयाँ संक्रमितमा रौतहटमा २९ जना, धनुषामा २१ र सर्लाहीमा १० जना छन् । रौतहटमा संक्रमित भएकामध्ये दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ जना हुन् ।

यस्तै, धनुषामा संक्रमित भएकामध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाको क्वारेन्टाइनका ९ जना र गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टाइनका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सर्लाहीमा थपिएका संक्रमितमध्ये हरिपुर नगरपालिकाका ७ र बहम्पुरी गाउँपालिकाको क्वारेन्टाइनका ३ जना छन् ।

प्रकाशित : जेष्ठ १८, २०७७ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?