कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङमा थप ५ जना कोरोना संक्रमित

दुर्गालाल केसी

दाङ — दाङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको पीसीआर परीक्षणमा बंगलाचुली गाउँपालिकाका ४ र बबई गाउँपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले बताइन् ।

दाङमा थप ५ जना कोरोना संक्रमित

बबई गाउँपालिका ६ का ३० वर्षीय १ जना, बंगलाचुली गाउँपालिका ४ का ३८ वर्षीय, १ का २७, २८ र ३३ वर्षीय पुरूषहरुमा कोरोना संक्रमण भएको छ ।

उनीहरू भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । संक्रमित सबैलाई कोरोना विशेष अस्पताल बेलझुण्डी राखिएको छ।

यीसँगै जिल्लामा संक्रमितको संख्या २८ पुगेको छ । तीमध्ये दुई जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रकाशित : जेष्ठ १६, २०७७ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?