कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला हिंसा अन्त्य गर्ने मन्त्री गुरुङको प्रतिबद्धता

काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

महिला हिंसा अन्त्य गर्ने मन्त्री गुरुङको प्रतिबद्धता

शुक्रबार ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा आयोजित ‘दोस्रो राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा ‘भर्चुअल’ बैठकमा बोल्दै उनले समाजमा विद्यमान विकृति, विसंगति र सबै प्रकारको हिंसा अन्त्यका लागि आवश्यक कार्यक्रम तय गरिसकिएको बताए । ‘महिला हिंसा अन्त्यका लागि आवश्यक कार्यक्रम, नीति र बजेटको व्यवस्था मिलाइएको छ, यसलाई प्रदेश र स्थानीय सकार केन्द्रित गरिनेछ,’ मन्त्री गुरुङले भने ।

यस वर्षको राष्ट्रिय महिला अधिकार दिवसको नारा ‘लैगिंक हिंसा र विभेदको अन्त्य : आर्थिक रुपान्तरण अबको गन्तव्य’ रहेको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?