कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमसीसीबारे छलफल गर्न शनिबार नेकपाको सचिवालय बैठक बस्दै 

काठमाडौँ — नेकपाले शनिबार बिहान सचिवालय बैठक बोलाएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटर्वार्ता भएपछि बैठक तय भएको हो ।

एमसीसीबारे छलफल गर्न शनिबार नेकपाको सचिवालय बैठक बस्दै 

बैठक शनिबार बिहान ९: ३० बजेका लागि बोलाइएको छ । बजेटमा एमसीसीको कार्यक्रम समेटिएपछि त्यसबारे छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । एमसीसीलाई लिएर नेकपामा विवाद छ ।

पार्टीभित्र विवाद भएपछि यसबारे अध्ययन गर्न बनाइएको कार्यदलले एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने सुझाव दिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?