कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सैनिक हवाई महानिर्देशनालयका पूर्व महानिर्देशक श्रेष्ठले अनियमितता गरेको ठहर 

श्रेष्ठसँग ५८ लाख ९५ हजार ५ सय ९० असुलउपर गर्ने 
जगदीश्वर पाण्डे

काठमाडौँ — सैनिक हवाई महानिर्देशनालयका पूर्व महानिर्देशक उपरथी (अवकाश प्राप्त) सुधीर श्रेष्ठले आर्थिक अनियमितता गरेको सैनिक अदालतले ठहर गरेको छ । 

सैनिक हवाई महानिर्देशनालयका पूर्व महानिर्देशक श्रेष्ठले अनियमितता गरेको ठहर 

समरी जनरल सैनिक अदालतले तत्कालीन सैनिक हवाई महानिर्देशक पाइलट श्रेष्ठ महानिर्देशक रहेको अवधिमा ओहदाअनुसार कानुनत पालना गर्नु पर्ने प्रकृया र दायित्व पूरा नगरि अनियमितता गरेको फैसला गरेको हो ।

सैनिक ऐन बमोजिम श्रेष्ठसँग ५८ लाख ९५ हजार ५ सय ९० असुलउपर गर्ने र नसिहत दिने निर्णयसमेत सैनिक अदालतले गरेको छ । श्रेठलाई सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा सैनिक ऐन–२०६३ अनुसार कारबाही गरिएको हो । सेनाका अनुसार श्रेष्ठले रकमको कुनै हिसाब किताब नराखी आर्थिक अनियमितता गरेको देखिएको हो ।

सोही मुद्दामा आठजना अधिकृतहरुले आफूलाई प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गरि सचेत गराउने गरि फैसला पनि भएको छ । एकजना अधिकृत र नौजना अन्य दर्ताका सैनिकहरुलाई भने सैनिक अदाललले सफाई दिएको छ ।

सैनिक हवाई महानिर्देशनालयमा विभिन्न किसिमका कमि कमजोरी भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न रथी शरद गिरीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्ड २०७६ साल चैत ४ गते गठन गरिएको थियो । उक्त बोर्डको रायसहितको प्रतिवेदनको आधारमा उक्त महानिर्देशनालयका तत्कालिन महानिर्देशक पाइलट उपरथी श्रेष्ठसहित १९ जनामाथि सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको मुद्दा पुर्पक्ष गर्न रथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले जेठ १४ मा फैसला सुनाएको थियो । सो फैसला शुक्रबार सम्बन्धितहरुलाई सुनाईको सेनाले जनाएको छ ।

महानिर्देशक रहँदा कानुनत पालना गर्नुपर्ने प्रकृया र दायित्व पूरा नगरि सैनिक ऐनविरुद्ध काम गरेको अदालतको ठहर छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?