कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवलपुरका थप दुई जनामा कोरोना संक्रमण

रमेशकुमार पौडेल

चितवन — भरतपुरको कोभिड–१९ प्रयोगशालामा भएको परीक्षणमा नवलपुरको देवचुली नगरपालिकाका थप दुई जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले शुक्रबार बिहान सूचना निकालेर यसको जानकारी गराएको हो ।

नवलपुरका थप दुई जनामा कोरोना संक्रमण

उनीहरू देवचुलीका ११ र १५ वडाका बासिन्दा हुन् । दुवै युवक जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा रहेका थिए । जेठ १४ गते भएको नमुना परीक्षणमा उनीहरूलाई संक्रमण देखिएको हो । त्यस दिन ७१ वटा नमुना परीक्षण भएका थिए ।

यससहित चितवनमा १७ सय ५ वटा नमुना परीक्षण भएका छ । जसमध्ये १० जनामा संक्रमण भेटिएको छ । चार जना देवचुलीकै छन् । कुल संक्रमितमा नवलपुरका पाँच र चितवनका पाँच जना छन् । चितवनका दुई जना निको भएर फर्केका छन् ।

प्रकाशित : जेष्ठ १६, २०७७ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?