कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'छायाङ्कनका लागि नेपाल’कार्यक्रम कार्यान्वयन गरिने 

काठमाडौँ — सरकारले ‘छायाङ्कनका लागि नेपाल’ कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री युवराज खतिवडाले सुटिङ स्थललाई प्राथमिकता दिने घोषणा गरेका हुन् । यसका लागि सरकारले सबै प्रदेशमा फिल्म छायांकन स्थल निमाण गर्ने भएको छ । 

'छायाङ्कनका लागि नेपाल’कार्यक्रम कार्यान्वयन गरिने 

अघिल्लो वर्ष सरकारले ‘छायांकनका लागि नेपाल’ कार्यक्रम सुरुवात गर्ने घोषणा गरे पनि फलदायी हुन सकेको थिएन । त्यसैलाई यसपटक निरन्तरता दिइएको छ । घोषणाअनुरुप काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधा सम्पन्न स्टुडियोको निर्माण कार्य पनि प्रारम्भ हुन सकेको छैन । यसपटक सुटिङ स्टुडियो र फिल्म स्टुडियो उल्लेख गरिएको छैन ।

आगामी आर्थिक वर्षमा सरकारले राष्ट्रियता, राष्ट्रिय एकता, भाषा र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने भएको छ । चलचित्र कलाकार सघंको भवन निर्माण गर्न तथा नेपाली चलचित्रको सुरक्षित भण्डारणको लागि चलचित्र विकास बोर्डलाई आवश्यक बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्रीले चलचित्र क्षेत्रमा परेको प्रभाव सम्बोधन गर्न इजाजत पत्र र उपकरणको नवीकरण दस्तुरमा छुट दिने घोषणा गरेका छन् । त्यस्तै, चालु पुँजीको लागि कर्जा सुविधा र लकडाउन अवधिको लागि बैंक ग्यारेन्टीको व्यवस्था मिलाइएको छ । कोरोना भाइरसको मारमा परेका चलचित्र चलचित्र घरले मुल्यअभिवृद्धि करको कर विवरण र कर दाखिला गर्ने अवधि चौमासिक बनाईएको छ । त्यस्तै, विद्युत डिमान्ड शुल्क ५० प्रतिशत कम गर्ने घोषणा गरिएको छ ।

साहित्य, कला तथा संगीत क्षेत्रको उत्थान तथा विकास गर्न नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रतिष्ठानको लागि आवश्यक बजेट विनियोजन गरिएको छ । सबै समूदायको परम्परागत सीप र साँस्कृतिक मुल्य मान्यताको संरक्षण र सम्बबद्र्धन गरिने बजेटमा उल्लेख छ ।

अघिल्लो वर्ष श्रमजिवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने र साहित्यकार, कलाकार तथा संगीतकारहरुको वृत्ति विकासमा ध्यान दिने घोषणा गरिएको थियो तर व्यवहारमा कार्यन्वयन हुन सकेको थिएन ।

प्रकाशित : जेष्ठ १५, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?