कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेरीमा बेपत्ता खोज्न गोताखोर ल्याइयो

भीमबहादुर सिंह

जाजरकोट — रुकुम पश्चिमको सोती घटनामा बेपत्ता भएका युवालाई खोज्न गोताखोरको टोली घटनास्थल पुगेको छ । सशस्त्र प्रहरी बलको शमशेरगन्जस्थित गणबाट आएको टोलीले खोजी कार्य सुरु गरेको छ ।

भेरीमा बेपत्ता खोज्न गोताखोर ल्याइयो

गोताखोर टोलीका प्रमुख सशस्त्र प्रहरी बलका असई रमेश थापाका अनुसार गणबाट आएका ८ जना र अन्य स्थानीय सुरक्षाकर्मीको सहयोगमा खोजी सुरु गरिएको छ ।

शनिबार भएको घटनामा ३ जनाको शब नदी किनारमा भेटिएको छ भने तीनजना बेपत्ता छन् । भेरी नगरपालिका–४ का नवराज विकसहित सोही ठाउँका गणेश बुढा र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव फेला परेको प्रहरीले जनाएको छ । जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठका अनुसार भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं. ४ का सन्दीप विक बेपत्ता छन् ।

प्रकाशित : जेष्ठ १४, २०७७ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?