कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मृतक सुत्केरीको कोरोना रिपाेर्ट नेगेटिभ

फातिमा बानु

काठमाडौँ — भेन्टिलेटरको अभावमा मृत्यु भएकी गंगा कार्कीको कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ । शुक्रबार राति मृत्यु भएकी उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि स्वाब पठाइएको थियो ।

मृतक सुत्केरीको कोरोना रिपाेर्ट नेगेटिभ

शनिबार राति नै उनको रिर्पोट नेगेटिभ आएको अस्पतालका निर्देशक डा.जागेश्वर गौतमले बताए । ‘अस्पतालमा मृत्युको हुनेको जोसुकैको हामी कोरोना परीक्षण गर्ने गरेका छौं,’ उनले भने, ‘उनको पनि गरेका थियो रिर्पोट नेगेटिभ आयो ।’

गंगालाई सुत्केरी जटिलताका कारण उपचारका लागि संखुवासभाबाट हेलिकप्टरमा उद्धार गरि शुक्रबार साँझ थापाथलीस्थित प्रसूति गृह ल्याइएको थियो । उनलाई न्यूरो सम्बन्धी उपचार खाँचो थियो र त्यसका लागि भेन्टिलेटरसहितको आईसीयू आवश्यक थियो ।

अन्य सरकारी अस्पतालले भर्ना लिन नमानेपछि उपचार अभावमा शुक्रबार राति नै उनको मृत्यु भएको थियो । पशुपति आर्यघाटमा उनको दासंस्कार गरिने उनका आफन्त अमर चापागाइँले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ११, २०७७ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?