कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहुँचका भरमा कोरोना परीक्षण !

मन्त्री, नेता या अस्पताल निर्देशक चिनेको भन्दै शक्तिको आडमा परीक्षण गराउने बढेका छन् । त्यस्ता व्यक्ति न संक्रमण फैलिएको जिल्लाबाट आएका हुन्छन्, न उनीहरुमा कोरोनाको कुनै लक्षण नै हुन्छ । यदि परीक्षण नगरिदिए कतिपयले आकस्मिक कक्षका चिकित्सकसँग झगडासमेत गर्ने गरेका छन् ।
फातिमा बानु

काठमाडौँ — कोरोना संक्रमणले बढी प्रभावित क्षेत्रमा पीसीआर विधिबाट पर्याप्त परीक्षण नभइरहेका बेला राजधानी र प्रयोगशाला भएको क्षेत्रमा पहुका भरमा परीक्षण गराउने बढेका छन् । संक्रमणको खास जोखिम नभएका र कोरोनाको कुनै लक्षण नभएका व्यक्तिहरुले पहुचका भरमा परीक्षण गराइरहेका छन् ।

पहुँचका भरमा कोरोना परीक्षण !

जसका कारण जोखिम पहुँच देखाएर कोरोना परीक्षण गराइदिनप्यो भन्दै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु काठमाडौंमा पुहचवाला व्यक्ति आउने गरेका छन् । ती व्यक्ति न संक्रमण फैलिएको जिल्लाबाट आएका हुन्छन् न उनीहरुमा कोरोनाको कुनै लक्षण हुन्छ । उनीहरुले आफ्नो इच्छा अनुसार परीक्षण गरिदिएनन् भनेर उनीहरु आकस्मिक कक्षमा चिकित्सकसँग झगडा गरिरहेका पनि भेटिन्छन् । मन्त्री, नेता या अस्पताल निर्देशक चिनेको भन्दै शक्ति देखाएर देखाएर झगडा गर्ने गरेको आकस्मिक कक्षमा खटिएका एक चिकित्सले बताए ।

‘कोही वडाको चिठि लिएर आउँछन् कोही मन्त्रालयको,’उनले भने,‘जसले जे भने पनि हामीले शंकास्पद व्यक्तिको मात्रै स्वाब संकलन गर्ने हो, अरुलाई सल्लाह दिने हो ।’ पावर देखाएकै भरका केही व्यक्ति लाइन बसेर सेवा लिन मान्दैनन् । सरकारी कर्मचारी, पत्रकार, प्रहरी या जनप्रतिनिधिले अस्पतालमा आएर यस्तो व्यवहार देखाउने गरेको निर्देशक डा.सागरकुमार राजभण्डारीले बताए । ‘हामीले लक्षण देखिएका र जोखिम जिल्लाबाट आएकालाई प्राथमिकता दिन्छौं,’उनले भने, ‘मन्त्रालयको पावर देखाउनेलाई उतै जानुस् भन्छौं ।’ कसैले जिद्दी गरेकै आधारमा परीक्षण गरे स्रोतसाधन खर्च गर्ने बेला नभएको उनले बताए ।

इच्छा र पहुँच भएकै आधारमा जोसुकैले कोरोना परीक्षण गरेर स्रोतसाधन खर्च गर्नु उचित नभएको जनस्वास्थ्य वैज्ञानिक समिर दिक्षितले बताए । अहिलेको अवस्थामा रोगको लक्षण देखिने, क्वारेन्टाइनमा बस्ने संक्रमण फैलिएको ठाउँमा बस्ने या संक्रमितको कन्ट्याक ट्ेरृसिङमा भेटिएकालाई मात्रै परीक्षण आवश्यक भएको उनले बताए ।‘

सांसद, पत्रकार, ट्याक्सी ड्राइभरको टेस्ट भैरहेको सुनिन्छ,’ उनले भने, ‘सिमित स्रोतसाधन भएको अवस्थामा सबैलाई टेस्ट गर्दा भोलि वास्तविक बिरामीले सेवा नपाउने स्थित आउन सक्छ ।’ कसैलाई परीक्षण गराउने इच्छा नै छ भने सरकारले यसको शुल्क तोक्नुपर्ने उनले बताए । मापदण्ड बनाइएर अनावश्यक या पहुँचका आधारमा हुने परीक्षण तत्काल रोक्नुपर्ने उनले बताए । ‘मास्क लगाएर हिँड्दा सम्भावित जोखिमबाट बच्न सकिन्छ,’उनले भने,‘टेस्ट गरेर साध्य छैन, एकपटक टेस्ट गराउँदैमा सँधैका लागि ढुक्क भइने पनि होइन ।’

परीक्षण गर्न सिफारिस माग्न स्वास्थ्य मन्त्रालयमा दिनहुँ मानिसहरु आउने गरेको स्वास्थ्य मन्न्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले बताए । ‘ कहिले औषधि व्यवसायी कहिले, प्रहरी त कहिले पत्रकारले आइरहन्छन्, ’ उनले भने, ‘एक जना प्रहरी संक्रमित भयो भन्दैमा सबैको परीक्षण गर्न आवश्यक छैन, साध्य पनि छैन ।’ घरमा बस्ने या संक्रमति ठाउँमा नगएका मानिसको परीक्षण आवश्य छैन भन्दा पनि नटेर्ने गरेको उनले बताए । अहिलेको अवस्थामा राज्यलाई भार पर्ने काम नगर्न उनले अनुरोध समेत गरे ।

परीक्षणका लागि धेरै जिद्दी गर्नेलाई आरडीटी परीक्षण गराएर पठाउने गरेको उनले बताए । ‘१० जनालाई आरडीटी पोजेटिभ आयो भने एक जनालाई पीसीआरसम्म गर्न सकिन्छ,’ उनले भने, ‘पीसीआर एकपटक गर्दैमा रोग छैन भनेर बस्ने कुरा पनि होइन, समुदायमा परीक्षणबारे चेतनाको स्तर नै बढेन ।’ स्वास्थ्य मन्त्रालयसँग अहिले एक लाख १० हजार पीसीआर परीक्षण गर्ने किट, सामग्री र ८० हजार आरडीटी किट छन् । हाल देशभर हरेक दिन ५ हजार वटा पीसीआर गर्ने क्षमता भएको डा.पोखरेलले बताए । उनका अहिले देशभर दैनिक तीन हजारवटासम्म परीक्षण भइरहेका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७७ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?