जिपबाट खसेर दुई जना सुनकोसीमा बेपत्ता
काभ्रे — भुम्लु गाउँपालिकाको दोलालघाटबाट सापिङतर्फ जाँदै गरेको जिपबाट खसेर दुई जना सुनकोसी नदीमा बेपत्ता भएका छन् ।
सिमेन्ट, दाना र प्लाई बोकेर जाँदै गरेको बा १६ च ८८३८ नम्बरको जिपका दुईवटा टायर सडकबाट तल झरी कोल्टे पर्दा भुम्लु १ का २६ वर्षीय अशोक गिरी र अन्दाजी २८ वर्षीय भोला महत बेपत्ता भएको प्रहरीले जनाएको छ । सोही स्थानकी ३९ वर्षीय सानुमाया गिरीको बायाँ हात भाँचिएकोले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
बेपत्ताको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया