कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार्टर उडानमा ३ जना मंगोलियन दिल्ली फर्के 

सुरज कुँवर

काठमाडौँ — लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका तीन जना मंगोलियन नागरिक सोमबार बिहान बुद्ध एयरको एटीआर विमानबाट दिल्ली फर्केका छन् ।

चार्टर उडानमा ३ जना मंगोलियन दिल्ली फर्के 

यस चार्टर उडानमा संलग्‍न एक अधिकारीका अनुसार ती बौद्धमार्गीहरु लकडाउनअघि मात्रै चाबहिलस्थित एक गुम्बामा ध्यान–पूजाका लागि मंगोलियाबाट आएका थिए ।

लकडाउनका कारण काठमाडौंमै अलपत्र परेका उनीहरुसहित ७ जना काठमाडौंबाट फर्किन चाहेका थिए । तर बाँकी ४ जनाको कागजात नमिलेका कारण काठमाडौंमै रोकिएको ती अधिकारीले बताए । ‘ती चार जना मंगोलियन नागरिक नै भएको तर केहीको भारतको र केहीको बेलायतको पासपोर्ट भएका कारण चार्टर उडानबाट फर्किन पाएनन,’ ती अधिकारीले भने ।

काठमाडौंबाट फर्किएका तीन जनासहित भारतमा अलपत्र परेका थप १ सय ८० जना मंगोलियन नागरिक साँझ ७ बजे दिल्लीबाट आफ्नो मुलुकको ध्वजाबहाक विमानमा स्वदेश लागेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उनीहरुलाई सोमबार बिहान १२ बजे बुद्ध एयरको एटीआर–४२ ले काठमाडौंबाट दिल्लीसम्म पुर्‍याइदिएको थियो । उक्त जहाज साढे ५ बजे दिल्लीबाट रित्तै काठमाडौं फर्किएको थियो ।

यो चार्टर उडानको व्यवस्थापन बौद्धमा रहेको रहेको मंगोलियन सरकारको प्रतिनिधिमूलक निकाय वाणिज्यदूतावास र दिल्लीमा रहेको दूतावासले गरेको थियो ।

विमानस्थलका अनुसार लकडाउन सुरु भएको ५६ औं दिन सोमबार साँझसम्म यो चार्टर उडानसहित काठमाडौंमा ६५ वटा अन्तर्राष्ट्रिय मेडिकल कार्गो, कूटनीतिक ,उद्धारसहितका चार्टर उडान भए ।

प्रकाशित : जेष्ठ ५, २०७७ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?