कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

नेपालमा पनि अंपुन चक्रवातको असर

पूर्वी क्षेत्र हुँदै मध्य भागसम्म असर - मौसमविद् 
अब्दुल्लाह मियाँ

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा देखिएको अंपुन नामको शक्तिशाली चक्रवातको असर नेपालसम्मै पर्ने भएकाले सतर्कता आपनाउन आग्रह गरेको छ ।

नेपालमा पनि अंपुन चक्रवातको असर

अहिले बंगालको खाडीको मध्य भागमा अंपुन नामको चक्रवात धेरै शक्तिशाली रुपमा विकसित हुँदै गएको र उक्त चक्रवात मंगलबार पूर्वी नेपाल प्रवेश गर्ने महाशाखाले उल्लेख गरेको छ ।

त्यसले पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २, ३ दिनसम्म देशैभरि बदली भई केहि स्थानमा वर्षा हुने देखिन्छ महाशाखाले अंपुन चक्रवातबारे अपडेट गर्दै भनेको छ, उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात र एकरदुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बंगालको खाडी हुँदै विकसित हुने क्रम बढिरहेकाले मंगलबार बेलुकीदेखि पूर्वी भागमा वर्षा हुने बताइन् । 'मध्य भागसम्म हल्का वर्षा र बदली हुने देखिन्छ,' उनले कान्तिपुरसित भनिन् ।

विगतमा पनि बंगालको खाडीमा उत्पन्न भएका चक्रवातको केही असर नेपालसम्म परेको थियो । चक्रवातको असर पश्चिम नेपालका भागमा भने पर्दैन ।

कसरी राखिन्छ चक्रवातको नाम ?

सन् १९५३ देखि एटलान्टिक ट्रोपिकल स्ट्रोम र नेसनल हुरिकेन सेन्टरले आँधी र चक्रवातको नामकरण गर्न थालेका हुन् । फानीको नामचाँहि बंगलादेशले प्रस्ताव गरेको हो ।

‘द इन्डिया मेटेरोलोजिकल डिपार्टमेन्ट’ले आठ देशहरू भारत, पाकिस्तान, बंगलादेश, म्यानमार, माल्दिभ्स, ओमान, श्रीलंका र थाइल्यान्डलाई चक्रवातको नाम राख्‍न सल्लाह दिएको थियो । त्यसअनुसार ती देशले आँधीका ६४ नाम प्रस्तुत गरेका थिए । आठैवटा देशले ८/८ वटा नाम प्रस्तुत गरेका थिए ।

जतिबेला अरेबियन सागर वा बंगालको खाडीमा आँधी वा चक्रवात आउँछ, त्यही सूचीबाट नाम राख्‍ने गरिएको छ । नाम पनि तीनै आठवटा देशको वर्णानुक्रमअनुसार पालैपालो राखिन्छ ।

‘हुदहुद’ पछि यो इलाकामा आउने आँधीको नाम पाकिस्तानले राखेको थियो । उसले हुदहुदपछि आएको आँधीको नाम ‘निलोफर’ राखेको थियो । त्यसपछि श्रीलंकाले ‘आशोबा’ र थाइल्यान्डले ‘कोमेन’ आँधी नामकरण गरेका थिए ।

प्रकाशित : जेष्ठ ५, २०७७ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?