अब्दुल्लाह मियाँ

अब्दुल्लाह मियाँका लेखहरु :

चिसोमा किन बढ्दै छ डढेलो ?

गत वर्ष पुस पहिलो साता ३७ सय मिटर हाराहारीको पाथीभरा क्षेत्र हिउँले ढपक्कै ढाक्यो । चिसोका कारण पाथीभरा दर्शन गर्न आउने भक्तजनको संख्यामा कमी त आयो नै, धेरै दिन यस क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बन्यो । ठीक उल्टो, यो वर्षको पुस पहिलो साता पाथीभरा क्षेत्रको जंगलमा भीषण डढेलो लाग्यो । पुस २४ मा आएर बल्ल डढेलो नियन्त्रणमा आएको छ । 

पुसमै गर्मी !

अघिल्लो सातासम्म दिउँसो पनि चिसो हुन्थ्यो । शनिबारयता भने सर्वसाधारणले तातो महसुस गर्न थालेका छन् । आइतबार दिउँसोसमेत राजधानीमा धेरैले गर्मी महसुस गरे । आइतबार राजधानीको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रेकर्ड भयो । शनिबारको तापक्रम २२.४ डिग्री सेल्सियस थियो । अधिकतम तापक्रम ह्वात्तै बढेपछि यस्तो अनुभव भएको हो । 

हावा नचल्दा बढ्यो प्रदूषण

काठमाडौंको वायुमण्डल दुई दिनयता बादलले ढाकेको छ । हावा चलेको छैन । जसका कारण वायु प्रदूषण ह्वात्तै बढेको छ । ‘वायुमण्डलको तल्लो तहमा अत्यधिक धूलो र धूवाँ तैरिएर बसेको छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले भने ।

वायु प्रदूषणमा विश्वका ५० सहरमध्ये काठमाडौं एक नम्बर

मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ ।

घुम्‍न र आहारा खोज्‍न राजमार्गमा निस्कन्छन् वन्यजन्तु

पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगन्ज–पथलैया सडक खण्डमा शनिबार बिहान कारको ठक्करबाट एउटा वयस्क पोथी बाघ मरेको छ ।

कारको ठक्करबाट बारामा बाघ मर्‍यो

पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा कारको ठक्करबाट एउटा बाघ मरेको छ । हेटौंडाबाट निजगढ गइरहेको अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको  कारले शनिबार बिहान ७ बजेर २० मिनेटमा सडकमै बाघलाई ठक्कर दिएको र घटनास्थलमै बाघ मरेको निकुञ्जका रेन्जर प्रकाश पुनले बताए ।

हिउँ चितुवा जोगाउन ‘सिटिजन साइन्टिस्ट’

फोक्सुन्डोस्थित रिग्मो गाउँका छिमे बैजी ‘हिउँ चितुवाविज्ञ’ होइनन् । उनले जीवविज्ञानबारे औपचारिक शिक्षा पनि लिएका छैनन् । तर उनलाई हिउँ चितुवाका आनीबानी मात्र होइन, खान्की (आहार) र उसले आहारका लागि गर्ने उकाली–ओरालीबारे धेरै ज्ञान छ ।

वन मुद्दा झेलेका नै वनमन्त्री

वैज्ञानिक वन कार्यक्रमको स्थलगत अध्ययन गर्न भन्दै गत असार अन्तिम साता प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवको संयोजकत्वमा उपसमिति बनायो ।

हिउँ चितुवाबाट पशु जोगाउन आधुनिक गोठ

हिउँ चितुवाले मानवबस्ती छेउमा आएर घरपालुवा पशु खाइदिएर हैरान भएका स्थानीयले आधुनिक सुरक्षित गोठ (प्रिजेटर प्रुफ कोरल) बनाउन थालेका छन् । यस्तो गोठ वरिपरि पर्खाल लगाएर बनाइएको हुन्छ र छाना बलियो तारजाली (नेट) ले छोपिन्छ । चराइसकेपछि चौंरी, याक, भेडा, च्याङ्ग्रालगायतका पशुलाई गोठ–खोरमा हुलिन्छ । ढोका पनि बलियो बनाइएको हुन्छ ।

इलाममा भेटियो पाटेबाघ 

इलामको ३१६५ मिटर उचाइमा पाटेबाघ भेटिएको छ । पूर्वी नेपालमा पाटेबाघ भेटिएको पहिलो पटक हो । बारास्थित पर्सा निकुञ्जभन्दा पूर्वमा बाघ रेकर्ड भएको थिएन ।