कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घाइते कस्तूरीको उपचार हुँदै  

अब्दुल्लाह मियाँ

काठमाडौँ — सगरमाथा निकुञ्जको त्याङ्बोचे नजिकको पावर हाउस नजिक घाइते अवस्थामा एउटा पोथी कस्तूरी फेला परेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार निकुञ्जको सुरक्षाथार्थ टासिङा तथा फुगिठाँगा पोस्टबाट खटिएका सेनाको संयुक्त गस्ती टोलीले शनिबार घाइते अवस्थामा कस्तूरी मृग फेला पारेको थियो ।

घाइते कस्तूरीको उपचार हुँदै  

ढाडमा चोट लागेको अवस्थामा फेला परेको उक्त कस्तूरीलाई निकुञ्जको नाम्चेबजारस्थित् मुख्यालयमा ल्याएर उपचार गरिएको छ । उक्त कस्तूरी के कसरी घाइते भयो भन्ने पत्ता लागेको छैन । घाइते कस्तूरीको उमेर ५ देखि ७ वर्षको बीचमा रहेको निकुञ्‍जले जनाएको छ ।

सगरमाथा निकुञ्ज कस्तूरीको मुख्य हब हो । वैशाख तेस्रो साता तस्करले सगरमाथा पदयात्रा मार्गको तागडिमामा एकै स्थानमा ७ वटा कस्तूरी मृग पासोमा पारेर मारेका थिए ।

सगरमाथा क्षेत्रमा कस्तूरी मार्ने र अंग बेचबिखन गर्ने कार्यमा संलग्न तीन जनालाई केही दिनअघि पक्राउ गरी कारबाही अघि बढाइएको छ । उनीहरुमाथि मुद्दा चलाउन जिल्ला अदालत, सल्लेरी पठाइएको छ ।

राष्ट्रिय निकुञ्ज ऐन २०२९ को दफा २६ मा कस्तूरीको बिना खरिद गर्ने, बिक्री गर्ने वा ओसार पसार गर्ने व्यक्तिलाई ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रकाशित : जेष्ठ ४, २०७७ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?