कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरकी संक्रमितको माइतीघर सिल, १९ जना क्वारेन्टाइनमा

राजकुमार कार्की

सिन्धुली — भक्तपुरमा मंगलबार फेला परेकी कोरोना संक्रमितको माइतीघर सिल गरी १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सुनसरीबाट सोमबार मोटरसाइकलमा बीपी राजमार्ग हुँदै आएकी उनले कमलामाई नगरपालिका–९ भिमानस्थित माइतीघरमा झन्डै ४५ मिनेट बिताएकी थिइन् । उनले त्यहाँ खानासमेत खाएकी थिइन् ।

भक्तपुरकी संक्रमितको माइतीघर सिल, १९ जना क्वारेन्टाइनमा

ट्राभल हिस्ट्रीले यस्तो देखाएपछि उनको माइतीसहितका पाँच घर सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार महिलाको सम्पर्कमा आएका तीन घरका आफन्त १६ जनाको एउटै कम्पाउन्ड भएकाले ‘होम क्वारेन्टाइन’मा र उनीहरूको सम्पर्कमा आएका अन्य दुई घरका तीन जनालाई सरकारी क्वारेन्टाइनमा राखिएको छ ।

‘उनीहरूलाई उच्च निगरानीमा राखी अन्य व्यक्तिसँग सम्पर्क भए/नभएको खोजबिन भइरहेको छ,’ उनले भने ।

संक्रमित महिलाले दिएको ट्राभल हिस्ट्रीअनुसार सिन्धुली सदरमुकामबाट सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले भिमानमा रहेका आफन्त र उनीहरूको सम्पर्कका व्यक्ति खोजबिन र व्यवस्थापन गरिरहेको छ । भिमान सिन्धुली सदरमुकामबाट १८ किलोमिटर दक्षिणमा पर्छ ।

प्रकाशित : जेष्ठ १, २०७७ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?