नेकपा स्थायी कमिटी बैठक स्थगित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा स्थायी कमिटी बैठक स्थगित

कान्तिपुर संवाददता

काठमाडौँ — आज (बुधबार) बिहान ११ बजे बोलाइएको नेकपाको स्थायी कमिटी बैठक स्थगति भएको छ । 

उपत्यकामा फेरि कोरोना स‌ंक्रमण देखिएको र कतिपय स्थायी कमिटी सदस्यको कोरोना परीक्षण हुन बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका महासचिव विष्णु पौडेलले कान्तिपुरलाई बताए ।

यसअघि वैशाख २५ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि अघिल्लो दिन स्थगित गरिएको थियो । पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बैठकका एजेन्डाबारे सहमति नभएपछि बैठक स्थगीत गरिएको थियो । सरकारले दल विभाजन र संवैधानिक परिषद् सम्बन्धि दुई अध्यादेश ल्याएपछि नेकपामा विवाद बढेको थियो । विवाद बढेपछि अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव नेपाल निकट २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन लिखित माग गरेका थिए ।

प्रकाशित : वैशाख ३१, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्

लकडाउनको ३०‍औं दिन [तस्बिरहरु]

कान्तिपुर संवाददता

काठमाडौँ — कोरोना संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गरेको बुधबार ३० दिन बितेको छ ।हालसम्‍म मुलुकभर ४५ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ७ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । बुधबार मात्रै ३ जनालाई कोरोना देखिएको छ । लकडाउनको ३०औं दिन उपत्याका विभिन्‍न क्षेत्रका दृश्यहरु ।

तस्बिरहरुः बिजु महर्जन,अंगद ढकाल,इलिट जोशी,हेमन्‍त श्रेष्ठ,सन्‍जोक मानान्धर र दीपक केसी ।


प्रकाशित : वैशाख १०, २०७७ १८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×