कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा स्थायी कमिटी बैठक स्थगित

कान्तिपुर संवाददता

काठमाडौँ — आज (बुधबार) बिहान ११ बजे बोलाइएको नेकपाको स्थायी कमिटी बैठक स्थगति भएको छ । 

नेकपा स्थायी कमिटी बैठक स्थगित

उपत्यकामा फेरि कोरोना स‌ंक्रमण देखिएको र कतिपय स्थायी कमिटी सदस्यको कोरोना परीक्षण हुन बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका महासचिव विष्णु पौडेलले कान्तिपुरलाई बताए ।

यसअघि वैशाख २५ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि अघिल्लो दिन स्थगित गरिएको थियो । पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बैठकका एजेन्डाबारे सहमति नभएपछि बैठक स्थगीत गरिएको थियो । सरकारले दल विभाजन र संवैधानिक परिषद् सम्बन्धि दुई अध्यादेश ल्याएपछि नेकपामा विवाद बढेको थियो । विवाद बढेपछि अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव नेपाल निकट २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन लिखित माग गरेका थिए ।

प्रकाशित : वैशाख ३१, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?