कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

भारतले सीमामा छोडेपछि १५ जना नेपाल प्रवेश

देवनारायण साह

मोरङ — भारतको नयाँ दिल्ली र छप्राबाट पैदलै आएका १५ नेपाली युवालाई भारतीय सीमा सुरक्षा बलले चोर बाटोबाट नेपाल पठाएका छन् ।

११ दिन पैदल यात्रा गर्दै उनीहरु सोमबार राती १२ बजे सीमावर्ती भारतीय बजार जोगबनी आइपुगेका थिए । उनीहरुलाई भारतीय सीमा सुरक्षा बलले त्यहा बस्न नदिई डर त्रास देखाएर चोर बाटो हुँदै नेपाल प्रवेश गराएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक दिपक थापाले राती २ बजे नेपाल प्रवेश गरेका उनीहरुलाई सम्बन्धित स्थानीय तहमा बुझाएको बताए । भारतबाट आउनेमा झापाका ४, सुनसरीका ९ र मोरङका २ जना छन् ।

यस्तै, लकडाउनका कारण भारत जान नसेकाका भारतीय मजदुरसँग रकम लिएर नेपालको सीमा कटाइ दिने दुई जना दलाल र भारत जान चाहने चार मजदुरलाई स्थानीयले विराटनगर १८ भेडियारीबाट नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका छन् ।

सीमा कटाइ दिने ५ दलाल र भारत जाने १२ जना भए पनि ४ जनालाई मात्रै नियन्त्रणमा लिन सकेको र अन्य व्यक्ति नेपालतर्फ भाग्न सफल भएको स्थानीयले बताए । पक्राउ पर्नेमा भारतको राजस्थान घर भई बुढीगंगा गाउँपालिकास्थित कमला आइरन उद्योगमा कार्यरत रामकरण राम, गिरधारी लाल, सुरेश चौहान र लड्डु राम र सीमा कटाइदिनेमा विराटनगर ६ सरौचियाका अफतार आलम र मुबारक हुसेन रहेको इलाका प्रहरी रानीले बताए ।

चार महिनादेखि मोरङको कमला आइरनमा काम गरिरहेको र जनही चार हजार भारतीय रूपैयाँमा सीमा कटाइ दिने भएपछि आफूहरु घर जान लागेको लड्डु रामले बताए । स्थानीय श्रीप्रसाद यादवका अनुसार सीमा वारपार गराउने काम एक महिनायता चलिरहेको थियो । दलालले रकम लिएर भारतबाट नेपाल तर्फ समेत प्रवेश गराउने गरेको उनको भनाई छ ।

भारत जान चाहने रामकरण राम, गिरीधारी लाल, सुरेश चौहान र लड्डु रामलाई कमला आइरनमै फिर्ता पठाएको प्रहरीले जनाएको छ । सीमा कटाइदिने आलम र हुसेनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

प्रकाशित : वैशाख ३०, २०७७ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?