कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्या गरी फालिएको अवस्थामा शव भेटियो 

सुनिता बराल

महोत्तरी — महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ४ विर्तामा आइतबार साँझ हत्या गरी फालिएको अवस्थामा शव भेटिएको छ ।

गौशाला नगरपालिका ४ बस्ने ४६ वर्षीय दिलिप ठाकुरको शव हत्या गरेर फालिएको अवस्थामा मकैबारीमा भेटिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

ठाकुरको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा भेटिएकाले हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।

प्रकाशित : वैशाख २८, २०७७ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?