कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुल्केकी थप एक महिलामा कोरोना संक्रमण पुष्टि, प्रदेश १ मा संक्रमितको संख्या ३५

विराटनगर — उदयपुरको भुल्केकी थप एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालको प्रयोगशालामा गरिएको उनको स्वाब नमुना परीक्षणमा कोरोना पोजिटिभ देखिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् । 

भुल्केकी थप एक महिलामा कोरोना संक्रमण पुष्टि, प्रदेश १ मा संक्रमितको संख्या ३५

संक्रमण देखिएकी महिला ४३ वर्षकी रहेको जनाइएको छ । उनीसहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । संक्रमितहरुलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा राखिएकामा १४ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

यसअघि शनिबार बिहान भुल्केकै १८, ४५ र ६५ वर्षीया महिलामा संक्रमण देखिएको थियो । भुल्केमा पछिल्लो पटक थ्रोट स्वाब संकलन गरिएका ३ सय ३४ जनामध्ये विराटनगरस्थित कोसी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको थियो । अरु परीक्षण जारी रहेको डाक्टर मिश्रले बताइन् ।

प्रदेश सरकारका अनुसार भुल्केमा हालसम्ममा ६ सय ९५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । वैशाख ५ गते भुल्केको नुरी मस्जिदमा बसेका ११ भारतीय र १ नेपालीसहित १२ जनामा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसयता भुल्केकै संक्रमित ३२ जना पुगेका छन् ।

उपचारपछि बुधबार ६ र शुक्रबार ८ जना गरी १४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा भुल्केका ३२, भोजपुरको हतुवागढीका १ र झापाको बाह्रदशी र दमकका गरी २ गरी संक्रमितको संख्या ३५ पुगेको छ ।

प्रकाशित : वैशाख २७, २०७७ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?