कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना भाइरस परीक्षणका लागि सांसदहरुको स्वाब संकलन [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेसनअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परीक्षण सुरु गरिएको छ । सांसदहरुको कोरोना भाइरस संक्रमण भए–नभएको परीक्षण पीसीआर प्रविधिबाट हुने छ । त्यसका लागि बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसदहरुको र ११ बजेदेखि प्रतिनिधिसभा सांसदहरुको स्वाब संकलन सुरु गरिएको छ ।

कोरोना भाइरस परीक्षणका लागि सांसदहरुको स्वाब संकलन [तस्बिरहरु]
कोरोना भाइरस परीक्षणका लागि सांसदहरुको स्वाब संकलन [तस्बिरहरु]

स्वाब संकलन संघीय संसद भवन परिसर बानेश्वरमा गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सबै सांसदहरुको महत्वपूर्ण काम भएको र हाउस सञ्चालन गर्नुपर्ने अवस्थामा सबै जिल्लाबाट आएका सांसदहरु हुने भएकाले स्वाब परीक्षण आवश्यक रहेको बताए ।

कोरोना भाइरस परीक्षणका लागि सांसदहरुको स्वाब संकलन [तस्बिरहरु]

कार्यव्यवस्था परामर्श समितिले पनि संसद भवन छिर्नेहरु सबैको कोरोना भइरस परीक्षणसहित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो । संसद् बैठक स्थलमा पनि सांसदहरु बीचको दूरी कायम गरिने गरी व्यवस्था मिलाइएको छ भने संसद् प्रवेश गर्नेहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र ज्वरो जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ । आउँदो शुक्रबारदेखि संघीय संसद्को वर्षे(बजेट) अधिवेशन सुरु हुँदैछ ।

कोरोना भाइरस परीक्षणका लागि सांसदहरुको स्वाब संकलन [तस्बिरहरु]

कोरोना भाइरस परीक्षणका लागि सांसदहरुको स्वाब संकलन [तस्बिरहरु]

कोरोना भाइरस परीक्षणका लागि सांसदहरुको स्वाब संकलन [तस्बिरहरु]

कोरोना भाइरस परीक्षणका लागि सांसदहरुको स्वाब संकलन [तस्बिरहरु]

कोरोना भाइरस परीक्षणका लागि सांसदहरुको स्वाब संकलन [तस्बिरहरु]

कोरोना भाइरस परीक्षणका लागि सांसदहरुको स्वाब संकलन [तस्बिरहरु]

कोरोना भाइरस परीक्षणका लागि सांसदहरुको स्वाब संकलन [तस्बिरहरु]

कोरोना भाइरस परीक्षणका लागि सांसदहरुको स्वाब संकलन [तस्बिरहरु]

प्रकाशित : वैशाख २५, २०७७ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?