कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रान्समा माथिल्लो डिभिजनको फुटबल नहुने

एएफपी

पेरिस — फ्रान्समा सबै खाले खेलकुदमा सेप्टेम्बरसम्मका लागि प्रतिबन्ध भएपछि त्यसको असरका रूपमा लिग वान र लिग टु अब नहुने भएको छ ।

फ्रान्समा माथिल्लो डिभिजनको फुटबल नहुने

फ्रान्सेली प्रधानमन्त्री एडवार्ड पिलिपेले सन् २०१९–२०२० को सिजन अब पूरा नहुने बनाएका छन् । उनले मे ११ बाट फ्रान्समा लकडाउन खुल्ला गर्ने क्रम सुरु हुने बताएका छन् ।


यसअघि फ्रान्सेली फुटबल संघले जुन १७ बाट लिग फेरि सुरु गर्ने योजना बनाएको थियो । संघले सरकारी निर्णय अनुसार अब लिगको विजेता र रेलिगेसनमा पर्ने टिम घोषणा गर्ने अथवा नगर्ने हो, त्यसबारे भने निर्णय गरेको छैन् ।

प्रकाशित : वैशाख १७, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?