कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज 

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धी दुवै अध्यादेश खारेज गरेकी छन् ।

राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज 

शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपति भण्डारीले खारेज गरिदिएकी हुन् । सोमबार जारी भएका अध्यादेशको चौतर्फी विरोध भएको थियो ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरू खारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७' ल्याएको थियो ।


प्रकाशित : वैशाख १२, २०७७ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?