कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमण पुष्टि भएका तीनमध्ये एक भारतीय

प्रदीप मेन्याङबो

सुनसरी — बुधबार बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा कोभिड १९ (कोरोना) पुष्टि भएका तीनमध्ये एकजना भारतीय नागरिक रहेको खुलेको छ । प्रतिष्ठान स्रोतका अनुसार २४ वर्षिय भारतीय नागरिक दिल्लीका वासिन्दा हुन् ।

संक्रमण पुष्टि भएका तीनमध्ये एक भारतीय

अन्य दुई ६० र ७२ वर्षियको ठेगाना विराटनगर उल्लेख गरिएको छ । तीनै जना प्रतिष्ठानको आइसोलेसनमा थिए ।

प्रतिष्ठानको माईक्रोबाएलोजी विभागका मोलीकुलर पिसिआर विशेषज्ञ नारायण भट्टराईका अनुसार ३९ जनाको थ्रोटस्वाब बुधबार प्रयोगशालामा परीक्षण गरिएको थियो । उनीहरु तीनैजना उदयपुरको भुल्केस्थित मस्जिदमा बसिरहेका थिए । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साहका अनुसार त्यही मस्जिदका अन्यमा संक्रमण देखिएपछि तीनैजना पुरुषलाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा ल्याइएको थियो । तीन दिनअघि उनीहरुलाई प्रतिष्ठानको आइसोलेसनमा ल्याइएको हो ।

प्रकाशित : वैशाख १०, २०७७ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?