१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

‘साइप्रस र ढाकाबाट नेपाली विद्यार्थी घर फिर्न आतुर’

कोरोना संक्रमणको त्राससँगै पढाइ, खानपिनको टुङ्गो नभएपछि र स्वास्थ्य सुरक्षा प्रत्याभूति नहुँदा उच्च शिक्षाका लागि साइप्रस र बंगालादेश पुगेका सयौं विद्यार्थीले तत्काल घर फर्कन पाउँ भन्दै सम्बद्ध नेपाली दूतावासमा नाम लेखाएका छन् ।
सरकारले अनुमति दिएमा फर्काउन सकिन्छ : राजदूतहरु

काठमाडौँ — पूर्वी भूमध्यसागरमा पर्ने टापु देश साइप्रसमा ५ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको साइप्रस मामला हेर्ने इजराइलस्थित नेपाली दूतावासले जानकारी दिएको छ । साइप्रसमा विद्यार्थीबाहेक झण्डै २ हजार नेपाली घरेलु कामदार कार्यरत छन् ।

‘साइप्रस र ढाकाबाट नेपाली विद्यार्थी घर फिर्न आतुर’

‘साइप्रसमा नेपाली विद्यार्थीले बेहोर्न थालेको समस्याबारे हामी जानकार छौं, नियमित सम्पर्कसहित सकेको सहयोग गर्नमा लागिरहेका छौं,’तेलअविवस्थित राजदूत अन्जान शाक्यले कान्तिपुरसँग भनिन्—‘साइप्रसको राजधानी निकोज्या र आसपासमा रहेकामध्ये कतिपयले कोरोना संन्त्रासका कारण घर फर्कन चाहेका छन्, घर फर्कन चाहनेहरुको अनलाइन रजिष्ट्रेसन पनि भइरहेको छ । तर, नेपाल सरकारको निर्णय र अनुमतीबेगेर अहिले घर फर्काउन सकिने स्थिति छैन ।’

साइप्रसस्थित गैर आवासीय एक नेपाली प्रतिनिधिका अनुसार, विद्यार्थीको पढाइ शुल्क बुझाउनुपर्ने ताकेता र पार्ट–टाइम काम समेत खोसिएको अवस्थामा २ हजारभन्दा बढी विद्यार्थीले तत्काल घर फर्कन चाहेका छन् । केही विद्यार्थीले खानाखर्च समेत जुटाउन नसकेको अवस्थामा तेलअविवस्थित दूतावासको पहलमा काठमाडौंस्थित राष्ट्र बैंकबाट केही अभिभावकले आफ्ना छोराछोरीलाई आवश्यक खर्च समेत पठाउनुपरेको थियो ।

‘स्थानीय गैर आवासीय नेपाली प्रतिनिधि र साइप्रसस्थित अवैतनिक नेपाली बाणिज्यदूतले पनि नेपाली विद्यार्थीलाई आइपरेको समस्या सुल्झाउन सहयोग गरिरहनुभएको छ,’राजदूत शाक्यले भनिन् । घर फर्कन चाहने विद्यार्थीको विवरण दूतावासले संकलन गरिरहेको उनले जानकारी दिइन् । पछिल्ले तथ्यांकमा साइप्रसमा ७ सयभन्दा बढी स्थानीय नागरिक कोरोना संक्रमित भेटिएका छन् भने १२ को मृत्यु भइसकेको छ ।

इजराइलमा पनि कृषि मजदूर, केयर गिभर महिला र विद्यार्थी गरेर ३ हजारभन्दा बढी नेपाली छन् । इजराइलमा झण्डै १३ हजार इजरायली कोरोनाबाट संक्रमित भेटिएकोमा १ सय ४० को निधन भैसकेको छ । इजराइलमा नेपाली समुदाय कोरोना संक्रमणबाट सुरक्षित रहेको राजदूत शाक्यले जानकारी दिइन् ।

यता दक्षिण एशियाली छिमेकी राष्ट्र बंगालादेशमा मेडिकल शिक्षा लिन गएका ६ सयभन्दा बढी नेपाली विद्यार्थीले पनि कोरोना संन्त्रासका कारण घर फर्कने मनस्थिती बनाएका छन् । ‘घर फर्कन चाहने विद्यार्थीका हकमा हामीले इमर्जेन्सी अनलाइन रजिष्ट्रेसन सुरु गरेका छौं,’ ढाकास्थित राजदूत डा.बंशीधर मिश्रले कान्तिपुरसँग भने—‘कहींकतै नेपाली विद्यार्थीले कुनै प्रकारको संकट बेहोर्ने स्थिती आएमा सम्पर्क गर्नु भनेर हटलाइन दिएका छौं ।’ राजदूत मिश्रले महामारीको सन्त्रासमाझ विद्यार्थीको घर फिर्ने इच्छा देखिएपनि ‘तत्काल सम्भव नभएको’ र यसबारे नेपाल सरकारलाई अवगत गराइसकिएको जानकारी दिए ।

‘हामीले विद्यार्थीलाई सम्झाइबुझाइ राखेका छौं,’राजदूत मिश्रले भने—‘नेपाल सरकारले अब घर फर्काइने भन्ने नीति तय नगरिन्जेल सुरक्षित भएर जहाा छौ, त्यहीं बस्नू भनेर दूतावासले गरेको आग्रहलाई विद्यार्थीले मानिरहेको स्थिती छ ।’ स्वास्थ्य र सुरक्षाका हिसाबमा बंगालादेशमा त्यति आत्तिनुपर्ने स्थिति नरहेको उनले बताए । पछिल्लो तथ्यांकमा, बंगालादेशमा १५ सयभन्दा बढी कोरोना संक्रमित स्थानीय नागरिक देखिएका छन् भने ६० जनाको निधन भइसकेको छ ।

प्रकाशित : वैशाख ४, २०७७ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?