कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयुर्वेद हाउसमा सिलबन्दी

भक्तपुर — प्रहरीले बालकोटस्थित ‘परेली आयुर्वेद हाउस’ मा सिलबन्दी गरेको छ ।अनुमतिभन्दा भिन्न किसिमका कस्मेटिक चिजवस्तुको उत्पादन, प्याकिङ, लेबलिङलगायत कार्य गरी अनधिकृत रूपमा सामान बिक्री गरेको पाइएपछि शुक्रबार सिलबन्दी गरेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताए ।

हर्बलजन्य वस्तु उत्पादन गर्ने उद्देश्यका लागि मात्र दर्ता गरेको आयुर्वेद हाउसले अनधिकृत रूपमा साबुन, विभिन्न ब्रान्डका क्रिम, कपालमा लगाउने तथा मसाज गर्ने तेल, लोसनलगायत कस्मेटिक सामान उत्पादन, प्याकिङ तथा लेबलिङलगायत काम गरेको पाइएको प्रहरीले जनाएको छ ।


आयुर्वेद हाउसका सञ्चालक काभ्रेकी ३६ वर्षीया कमला उप्रेती (अर्याल) माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र २८, २०७६ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?