त्रिविद्वारा आगामी वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित- समाचार - कान्तिपुर समाचार

त्रिविद्वारा आगामी वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले वैशाख र जेठका लागि तय भएका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णयअनुरुप वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस(कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको विश्वविद्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ । वार्षिक परीक्षा प्रणालीअनुरुप २०७७ साल वैशाख र जेठमा सञ्चालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तर्फका ४ वर्षे बीएस्सी, बीबीएस, र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित गरिएको छ ।

त्यस्तै पोस्ट ग्राजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोस्ट ग्राजुएट इन वुमन स्टडिजको पूरा तथा आंशिक परीक्षा पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जानकारी दिएको छ ।

यसअघि विश्वविद्यालयले चैत महिनाका लागि तय भएका सबै परीक्षा स्थगित गरिसकेको छ ।

प्रकाशित : चैत्र २८, २०७६ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्

किसानले लिएको ऋणको ४ महिनाको ब्याज प्रदेश सरकारले तिरिदिने

कोरोना रोकथाम तथा नियन्त्रणमा खटिँदा मृत्यु भए पीडित परिवारलाई ५० लाख राहत
सन्तोष सिंह

जनकपुर — लकडाउनबाट प्रभावित किसानहरुले विभिन्न बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको चार महिनाको ब्याज प्रदेश २ सरकारले तिर्ने भएको छ।

प्रदेश २ मन्त्रिपरिषद्को बैठकले कृषि कर्मका लागि किसानहरुले लिएका ५ लाखसम्मको ऋणमा अधिकतम १२ प्रतिशतसम्मको४ महिनाको ब्याज तिर्ने निर्णय गरेको छ। त्यसैगरी ५ लाखदेखि १५लाखसम्मको ऋणमा १२ प्रतिशतसम्मको ब्याजदरमा ५० प्रतिशत, १५ लाखदेखि३० लाखसम्मको ऋणमा ४० प्रतिशत तथा ३० लाखभन्दा बढीको ऋणमा कृषिसहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्‌ले निर्णयगरेबमोजिम ब्याज तिरिदिने निर्णयभएको सरकारका प्रक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमारयादवले जानकारी दिए

यसका साथै डाउनका कारण प्रभावित बनेकादू, फलफू, तरकारी, कुखुरातथा माछा उत्पादक किसानहरुलाई समेत राहत उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेकोछ।

बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले एकमुष्ट ५० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ ।प्रदेश सरकार मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारकार्यमा संलग्न हुने निजामती वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीको कोरोना संक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई ५० लाख राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रकाशित : चैत्र २८, २०७६ १२:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×