प्रधानमन्त्रीलाई 'कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहल' को पत्र

'हामी नागरिकलाई वैयक्तिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र जीवन रक्षाको अधिकार सबै एकसाथ आवश्यक भएकोले यस बारेमा सरकारलाई सचेत गराउन चाहन्छौं ।'

चैत्र २८, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतका व्यक्तिहरू संलग्न 'कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल' समूहले कोरोना भाइरसको प्रकोप र प्रभावबाट बच्नका लागि चाल्नुपर्ने कदमहरूको सूचीसहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

भट्टराईले ध्यानाकर्षणपत्रबारे उपप्रधान तथा रक्षामन्त्री एवं कोभिड- १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलसँग पनि कुराकानी गरेका छन् । कोरोनाले प्रभावित बनाएका विविध क्षेत्रमा सरकारका तर्फबाट तत्काल र दीर्घकालीन रूपमा चाल्नुपर्ने कदमहरूको सूची रहेको पत्रमा सरकारलाई बुझाइएको उक्त समूहका सदस्य विश्वद्वीप पाण्डेले जानकारी दिए ।

उक्त समूहमा विभिन्न क्षेत्रका विज्ञ सम्मिलित रहेका छन् । राज्य र नागरिकबीच सहजीकरण अनि राज्यको निगरानी, अनुगमन र मूल्यांकन गर्ने उद्येश्यका लागि गठन गरिएको भनिएको उक्त समूहले जनस्वास्थ्यका सवाल, जनजीविका र आर्थिक सवाल, भारत र तेस्रो मुलुकमा कार्यरत नेपालीका सवाल, खेतीपातीको निरन्तरता र कृषि उपज, कालोबजारी तथा अनिमियतता, निजी स्वतन्त्रताको सवाल, सुरक्षाकर्मी तथा जनतासँग प्रत्यक्ष सम्पर्कमा रहनेको सुरक्षा तथा सेवा सुविधा, शिक्षाको निरन्तरताबारे सरकारलाई सुझाव दिएको छ ।

त्यस्तै, स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएकोबारे पनि ध्यानाकर्षण भएको र त्यसको छानबिन गर्न माग गरिएको छ । प्रधानमन्त्रीलाई पठाएको पत्रमा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे भनिएको छ, 'लाखौंको ज्यान जान सक्ने स्वास्थ्य जस्तो संवेदनशील सवालमा अविश्वसनीय निजी कम्पनीलाई खरिदको जिम्मा दिएको र त्यसले खरिद गरेको सामग्री गुणस्तरीय नभएको विषयमा सरकारले आम जनतालाई प्रष्ट पार्नु पर्दछ । जिम्मेवार पदाधिकारीलाई कारबाही गरी सरकार सुशासनको विषयमा प्रतिबद्ध छ भन्ने सन्देश दिनको लागि तत्काल आवश्यक कदम चालोस्।'

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको संबोधनमा स्वतन्त्रता रोज्ने कि जीवन भनेर गरेको प्रश्नमा पनि यो समूहले आपत्ति जनाएको छ । 'प्रधानमन्त्रीले सम्बोधनमा वैयक्तिक स्वतन्त्रता रोज्ने कि जीवन रोज्ने भन्ने प्रश्न गरेर अभिव्यक्ति स्वतन्त्रताका बारेमा अनुपयक्त विचार राख्नुभएको हो कि भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ,' पत्रमा भनिएको छ, 'हामी नागरिकलाई वैयक्तिक स्वतन्त्रताअभिव्यक्ति स्वतन्त्रता र जीवन रक्षाको अधिकार सबै एकसाथ आवश्यक भएकोले यस बारेमा सरकारलाई सचेत गराउन चाहन्छौं ।'

उक्त समूहले सरकारलाई बुझाएको पत्र यस्तो छः

सम्माननीय प्रधानमन्त्रीज्यू,

नेपाल सरकार 

संघीय, प्रादेशिक र स्थानीय सरकार तथा सबै सरोकारवालालाई विभिन्न क्षेत्रका विज्ञ सम्मिलित कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहलको अपिलः 

१) प्रष्टोक्तिः

यो पहल विशुद्ध स्वयंसेवी, गैरदलीय र निस्वार्थमानवीय प्रयत्न हो । कोरोनाबाट सिर्जित संकटहरूको व्यवस्थापन र नागरिक जीवनरक्षाको मुख्य दायित्व राज्यकै हो भन्नेमा हामी प्रष्ट छौं । मानवीय संकटको यो त्रासपूर्ण अवस्थामा राज्यलाई सहयोग गर्नु नै हाम्रो कर्तव्य हो । राज्य र नागरिकबीच सहजीकरण अनि राज्यको निगरानी, अनुगमन र मूल्यांकन हाम्रो ध्येय हो ।

सर्वप्रथम यस संकटको समयमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, खाद्य व्यवस्थाकालागि खट्नेहरू सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं । 

२) तत्काल गर्नुपर्ने कार्यहरू

२.१) जनस्वास्थ्यका सवाल


२.२) जनजीविका र आर्थिक सवालहरू

विपन्न र अशक्तलाई राहत लामो समयसम्मको लकडाउनले आर्थिक रूपमा कमजोर, शारीरिक रूपमा अशक्त, सुकुम्बासी र डेरावालहरू लगायतका समूहहरूलाई जीविकोपार्जनमा समस्या हुने भएकाले त्यस्ता समूहको पहिचान गरी द्रुत गतिमा उनीहरूलाई आवश्यक राहतको व्यवस्था गरिनुपर्दछ । यसका लागि संघ, प्रदेश र स्थानीय सरकारको संयोजनमा व्यापक जनपरिचालन र स्वयंसेवी कामको समन्वय जरुरी छ । विपद् पछिको क्षति र नोक्सानको समग्र आँकलन गर्दै एउटा बृहत् आर्थिक प्रवर्धनको प्याकेजको तयारीमा पनि सरकार जुट्नु पर्दछ । यस विषयमा हाम्रो सार्वजनिक पहलले छुट्टै सल्लाहहरू दिनेनैछ । 

२.३) भारत र तेस्रो मुलुकमा कार्यरत नेपालीको सवाल

भारतमा कार्यरत लाखौं मजदूरहरू नेपाल फर्कन चाहेको, नेपाल फर्कन लामो दूरी पैदल हिँडेको र सीमा नाकामा उनीहरूलाई नेपाल छिर्न नदिइएकोले गर्दा उनीहरू लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् । जसरी पनि देशभित्र छिरी आफ्नो गाउँ जान चाहने नेपाली मजदूर र किसानको लागि सेफ प्यासेज निर्माणगरीगाउँ जान दिनु नै उचित हुन्छ । त्यसो गर्दा संक्रमणबाट जोगिने सावधानीहरु अपनाउनअति जरुरी हुन्छ । उनीहरूलाई बाटामै बिरामी भएमा वा घर पुगेपछि सम्बन्धित पालिकामै क्वारेन्टिनको व्यवस्थागरी यात्रा कार्डको व्यवस्था गर्नु पर्दछ । सीमाका अधिकारीलाई अनुगमनको जिम्मा दिई पालिकामा बुझ्ने बुझाउने काम गर्नु पर्दछ ।

२.४) खेतीपातीको निरन्तरता र कृषि उपज

कृषि नेपाली ग्रामीण समाजको जीविकाकोमुख्य साधन हो । लामो लकडाउनले खेती गरिखाने ठूलो जनसंख्यालाई अप्ठेरो पार्छ । खेतिपाती गर्दा भौतिक दूरी कसरी कायम गर्ने भन्ने बारेमा आवश्यक जानकारी दिई खेतीपाती गर्न दिँदा कृषिको चक्र स्वाभाविक रूपमा चल्दछ भने अर्कोतर्फ आगामी वर्ष हुनसक्ने सम्भावित खाद्य संकट आउन नदिने उचित कदम पनि हुन सक्छ । खेतीमा लाग्न सरकारले सकेसम्म प्रोत्साहित गर्नु पर्दछ । लाखौं नेपालीहरू गाउँ फर्केका छन् । राष्ट्रिय अर्थतन्त्रमा कृषिको हिस्सा २७ प्रतिशतमा खुम्चिएको र गाउँ घरका खेतबारी बाँझो भएकोमा गरिँदै आएको चिन्ताको पृष्ठभूमिमा सरकारले एउटा नयाँ कृषि पुनरुत्थान कार्यक्रम ल्याउनु पर्दछ । 

अहिले कति व्यवसायिक वा अर्ध–व्यवसायिक किसानले उत्पादन गरेका कृषि उपज बजारमा ल्याउन नपाएर उनीहरूको श्रम, लगानी र उत्पादन खेर गएको छ । उपभोक्ता महंगीले ग्रस्त छन् । यसको असर शहरी नागरिकको स्वास्थ्य तथा बचतमा पनि पर्ने कुरालाई ध्यानमा राखी उत्पादन जारी राख्न प्रोत्साहित गर्नु पर्दछ । एक चरणको उत्पादन खेर गएपछि किसानले तत्काल थप प्रयत्न गर्दैनन् । सरकारले त्यसको उत्पादनको ग्यारेन्टी गरिदिनु पर्दछ र शहरी जनतालाई उपभोग गर्न प्रोत्साहित पनि गर्नु पर्दछ ।

२.५) कालोबजारी तथा अनिमियतता

२.६) निजी स्वतन्त्रताको सवाल

२.७) सुरक्षाकर्मी तथा जनतासँग प्रत्यक्ष सम्र्पकमा रहनेको सुरक्षा तथा सेवा सुविधा

२.८) शिक्षाको निरन्तरता

अन्त्यमा, यस्तो अप्ठ्यारो परिस्थितिमा पनि कर्तव्यनिष्ठासहित ‘फ्रन्टलाइन’मा काम गर्दै सरकारलाई साथ र नागरिकलाई सुरक्षाको अनुभूति दिइरहनुभएका चिकित्सक, स्वास्थ्यकर्मी, सेवाक्षेत्रका पेशाकर्मी, सुरक्षाकर्मी, साथै सञ्चारकर्मी लगायत अन्यप्रति हामी आभारी छौं र सरकारलाई पनि अहिलेसम्म चालिएका कदमको लागि धन्यवाद दिँदै अझै तत्परताका साथ काम गर्न अपील गर्दै सो काममा हाम्रो रचनात्मक सहयोग हुने कुरा जानकारी गराउन चाहन्छौँ ।

लकडाउनकोरोना भाइरसकोभिड–१९ संक्रमण रोकथाम समिति

कान्तिपुर

Link copied successfully