कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नौ पाकिस्तानी धर्मगुरु क्‍वारेन्टाइनमा

एक सातादेखि प्रहरी निगरानीमा मस्जिदभित्रै राखिएको छ ।
शिव पुरी

रौतहट — कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले आहृवन गरेको लकडाउनका क्रममा मस्जिदमा बसेका नौ पाकिस्तानी धर्मगुरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

नौ पाकिस्तानी धर्मगुरु क्‍वारेन्टाइनमा

गत चैत ४ देखि जिल्लाका विभिन्न मस्जिद, मदरसामा रहेका उनीहरुलाई देवाही गोनाही नगरपालिका २ करुनियास्थित मस्जिदमा प्रहरीको निगरानीमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए ।

‘लकडाउनको समयमा मस्जिदमा बसेको थाहा पाएपछि नियन्त्रणमा लिएर त्यही क्वारेन्टाईनमा राखेका छौ,’ उनले भने, ‘सबैको स्वास्थ्य परीक्षण र स्वाब टेष्ट गर्छौ ।’ एक महिनाअघि सप्तरीमा भएको मुस्लिम समुदायको धार्मिक सम्मेलनमा उनीहरु नेपाल आएका थिए ।


त्यहाँ कार्यक्रम सकेर रौतहटको हजमिनिया आएका उनीहरु चैत १८ देवाहीस्थित मस्जिदमा पुगेका थिए । पाकिास्तानका महम्मद यसुफ, जैनुल्लाह, सम्सुल्लाह खान, महम्मद फवाद, रइस खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाह एकसातादेखि मस्जिदभित्रै निगरानीमा क्वारेन्टाइन राखेको एसपी खड्काले बताए ।

५० जनाको स्वाब जाँच हुँदै

चन्द्रनिगाहपुरस्थित एन्फाको महिला फुटबल एकेडेमीमा राखिएका ५० जनाको कोरोना परीक्षणका लागि स्वाब जनकपुर पठाइएको छ । जनकपुरबाट बुधबार आएको स्वास्थ्यकर्मीको टोलीले स्वाब लगेका हुन् ।

५४ जना मध्ये ५० जनाको जाच गरिने इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख चेत बरालले बताए । अन्य ४ जना पछि आएकाले हुन सकेको छैन ।

भारतका विभिन्न सहरमा लकडाउन पछि फर्किएका दुई सय ४५ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले बताए । क्वारेन्टाइनमा राखिएका सबैको स्वास्थ्य समान्य छ ।

प्रकाशित : चैत्र २६, २०७६ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?