कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा

काठमाडौँ — सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरण, स्वास्थ्य सामग्री खरिद प्रकरण र सेनालाई जिम्मा लगाएको र सीमानामा अलपत्र नागरिक लगायत विषयमा छलफल गर्न भन्दै मंगलबार अपराह्‍नदेखि बालुवाटारमा बैठक बसेको हो । 

सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा

बैठकको सुरुमै प्रधानमन्‍त्री एव‌ं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कोभिड-१९ को विश्वव्यापी संक्रमण, रोकथाम र उपचारको क्रममा सरकारले चालिएका कदम र उपलब्धिहरूका बारेमा जानकारी गराएका छन् ।


चीनबाट मेडिकल सामान खरिदमा अनियमितता भएको र सामग्री किन्ने जिम्मा सेनालाई दिने निर्णयमाथि चौतर्फी आलोचना भएपछि सचिवालयकै नेताहरुले बैठक बोलाउन माग गरेका थिए । चैत ५ पछि नेकपाको सचिवालय बैठक आज बसेको हो ।

प्रकाशित : चैत्र २५, २०७६ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?