कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसले सञ्‍चालनमा ल्यायो कोरोना ‘स्व–परीक्षण वेब एप’ 

काठमाडौँ — नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परीक्षण गर्न सक्‍ने ‘स्व–परीक्षण वेब एप’ सार्वजनिक गरेको छ ।

कांग्रेसले सञ्‍चालनमा ल्यायो कोरोना ‘स्व–परीक्षण वेब एप’ 

कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले विशेषज्ञ चिकित्सकहरुको परामर्शमा वेब सञ्चालनमा ल्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । वेबबाट कोरोना भाइरस संक्रमणको लक्षण रहे नरहेको आफैं परीक्षण गर्न सक्‍नुका साथै कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने, नदेखिए मानसिक तनावबाट मुक्ति दिलाउन सघाउने प्रवक्ता शर्माले बताए ।

नागरिक पंक्तिमा कोरोना जोखिमबारे सचेतना थप अभिवृद्धि गराउन, भौतिक रुपले परीक्षणको दायरा फराकिलो हुन नसकिरहेको बेला मनोवैज्ञानिक रुपले ठूलो पंक्तिलाई स्व–परीक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउन र संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न व्यक्ति, समुदाय र सरकारलाई सघाउन एप बनाइएको शमाको भनाइ छ ।


इन्जिनियरद्वय शशांकश्री न्यौपाने र दिपेश बिष्टले बनाएको एप www.nepalicongress.org/covid19/ मा गएर प्रयोगमा ल्याउन सकिन्छ । एप डा.अञ्जनी झा, डा. बासुदेव पाण्डे, डा. अनिलविक्रम कार्की, र डा अशेष ढुंगानाले चिकित्सकीय विशेषज्ञ परामर्शमा निर्माण गरिएको प्रवक्ता शर्माले बताए ।

प्रकाशित : चैत्र २४, २०७६ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?