कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा सचिवालय बैठक भोलि 

बबिता शर्मा

काठमाडौँ — कोभिड १९ (कोरोना भारइस) संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि ४ बजे बस्ने भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बस्ने निश्चित भएको बताए ।

नेकपा सचिवालय बैठक भोलि 

चीनबाट मेडिकल सामान खरिदमा अनियमितता भएको र सामाग्री किन्ने जिम्मा सेनालाई दिने निर्णयमाथि विवाद भएपछि सचिवालय बैठक बोलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब परेको थियो ।


सरकारले गरेका निर्णयले पार्टी संगठनलाई क्षति पुग्ने अवस्था आएको भन्दै सचिवालयकै नेताहरुले बैठक बोलाउन माग गरेका थिए । पछिल्लोपटक चैत ५ मा बैठक बसे पनि त्यसयता नेकपाको सचिवालय बैठक बसेको छैन्।


पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका सचिवालय सदस्यहरुले सार्वजनिक रुपमै सचिवालय बैठक बोलाउन माग गरेका थिए । खनालले कान्तिपुरसँग कुरा गर्दै सचिवालय नबोलाउँदा देशका समस्याबारे छलफल गर्ने ठाउँ नै नभएको बताएका थिए । प्रवक्ता श्रेष्ठले ट्विट गरेरै बैठक बोलाउन माग गरेका थिए ।


पार्टी सचिवालयका अन्य नेताहरुलेसमेत सचिवालय बैठक बोलाउन भन्दै दुवै अध्यक्षसँग आग्रह गरेका छन्। सचिवालयका नेताहरुको मागपछि बैठक बोलाउने विषयमा शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोनमा कुराकानी भएको थियो। तर, बैठक बोलाउनेबारे ठोस सहमति भने भएको थिएन।

प्रकाशित : चैत्र २४, २०७६ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?