कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

अस्पतालबाट नागरिकले आकस्मिक सेवा पाउने व्यवस्था मिलाउन महामन्त्री कोइरालाको माग

काठमाडौँ — कांग्रेस महामन्त्री शशांक कोइरालाले अस्पतालबाट आकस्मिक सेवा नपाएर ज्यान जोखिममा पर्ने अवस्थालाई गम्भीर रुपमा लिन सरकारको ध्यानाकर्षण गराएका छन् । महामन्त्री कोइरालाले शुक्रबार अपिल जारी गर्दै कोरोना भाइरस (कोभिड–१९)को महामारीसॅग जुध्न सरकारले गरेका तयारी परिणाममुखी नभएको बताएका छन् । 

अस्पतालबाट नागरिकले आकस्मिक सेवा पाउने व्यवस्था मिलाउन महामन्त्री कोइरालाको माग

कोरोनाको संक्रमण फैलन नदिन गरेका कतिपय कार्यको प्रभावकारीता र विश्वसनियतामानै प्रश्न उठ्नु दुःखद भएको कोइरालाले बताएका छन् । ‘महासंकटको अवस्थामा समेत सरकार संवेदनशील नभएको र औषधि उपकरण ल्याउन दिएको ठेक्काको खरिद प्रक्रियामा अनियमितता भएको र प्रकृया रद्द भएसॅगै सरकार जाहाॅको त्यही भएको छ,’ कोइरालाले अपिलमा भनेका छन्, ‘ यस्तो असामान्य परिस्थितिमा सामान्य तरिकाले काम गरेर पुग्दैन । सेनालाई औषधी किन्ने जिम्माभन्दा दक्षता अनुसारको कामको जिम्मा दिऔ । यस्तो प्रवृत्तिले हाम्रो प्रणली कमजोर हुन्छ ।’


लकडाउन भएको १३ दिनसम्म स्वास्थ्यकर्मीका लागि पीपीईको प्रबन्ध गर्न नसक्नुले सरकारको संवेदनशीलता र कार्यदक्षतामानै प्रश्न उठेको कोइरालाले उल्लेख गरेका छन् । यसले संभावित संक्रमितको परीक्षण एवं संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल गिराउॅने काम गरेको कोइरालाको भनाइ छ ।


कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक पर्ने औषधि अभाव हुन नदिन आयातका लागि सरकारलाई योजनासहित अगाडी बढ्न पनि कोइरालाले सुझाएका छन् ।


विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्न निर्देशन दिएका मेडिकल सामाग्री किनेर सरकारले जनता झन त्रसित बनाएको आरोप कोइरालाले लगाएका छन् ।कोइरालाले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय स्तरका नागरिकलाई वितरण गर्ने राहत प्याकेजमा संवेदनशील हुन सरकारलाई आग्रह गरेका छन् । राहत वितरण स्थानीय सरकारमार्फत गर्न पनि कोइरालाले सरकारलाई सुझाएका छन् ।


विश्वभर रहेका नेपाली नागरिकलाई घर फर्काउन र दशगजाक्षेत्रबाट मुलुकभित्र प्रवेस गर्न नपाएका अलपत्र नागरिकहरुलाइ तत्काल आवस्यक स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने व्यवस्था मिलाउन पनि कोइरालाले आग्रह गरेका छन् ।

प्रकाशित : चैत्र २१, २०७६ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?