कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेनाले गर्यो १७ करोडको पुरानो ठेक्का रद्द, आवश्यक सामग्री जीटुजी मार्फत् नै ल्याइने

जगदीश्वर पाण्डे

काठमाडौँ — सेनाले १७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिदको टेन्डर रद्द गरेको छ । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामग्री सेनाले सरकार–सरकार (जीटुजी) मार्फत् खरिद गरेर ल्याउने निर्णय गरेसँगै सेनाले स्वास्थ्य सामग्री खरिदको टेन्डर रद्द गरेको हो ।

सेनाले गर्यो १७ करोडको पुरानो ठेक्का रद्द, आवश्यक सामग्री जीटुजी मार्फत् नै ल्याइने

यसअघि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया थालेको थियो । त्यस अवस्थामा सेनाले सरकारबाट प्राप्त १० करोडमा थप ७ करोड गरी करिब १७ करोड रुपैयाँ लागत पर्ने कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि चाहिने स्वास्थ्य सामग्री खरिद गर्न टेन्डर आह्वान गरेको थियो ।


स्वास्थ्य सामग्री खरिदमा अनियमितताको भन्ने प्रश्नहरु उठ्न थालेपछि स्वास्थ्य सेवा विभागले ओम्‍नी बिजनेस कर्पोरेसन इन्टरनेशनलसगको ठेक्का रद्द गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले लगतै सम्पूर्ण स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनाले जीटुजी मार्फत् गर्ने निर्णय मन्त्रीपरिषद्‍बाट गराए ।


'सबै सामग्री मन्त्रिपरिषद्को निर्णय अनुसार सेनाले जीटुजी मार्फत खरिद गरेर ल्याउने भएपछि हामीले पहिले गरेको टेन्डर रद्द गरेका हौ,' सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने,'अब १७ करोड लागतका ती सामग्रीहरु पनि सेनाले जीटुजी मार्फत् नै खरिद गर्ने छ ।'

प्रकाशित : चैत्र २१, २०७६ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?