कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरान टेक्नोलोजीद्वारा समाचार डिलिट गरेको स्वीकार 

काठमाडौँ — सिरान टेक्नोलोजीले काठमाडौंप्रेस अनलाइनमा प्रकाशित समाचार डिलिट गरेको स्वीकारेको छ । सिरान टेक्नोलोजी एफवान सफ्टको भातृ कम्पनी हो । एफवान एफ्ट प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अली सेयर साझेदार रहेको संस्था हो ।

सिरान टेक्नोलोजीद्वारा समाचार डिलिट गरेको स्वीकार 

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले ट्वीटरमार्फत सिरान टेक्नोलोजीका प्राविधिकहरुले काठमाडौंप्रेसमा प्रकाशित समाचारको लिंक डिलिट गरेको स्वीकार गरेका हुन् ।

काठमाडौंप्रेस अनलाइनमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीसहित उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलका छोरा स्वराज र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका क्षितिज रिमाल संलग्न भएर चीनबाट महंगोमा स्वास्थ्य उपकरण ल्याइएको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो ।

पछिल्लो समय आएका समाचारबारे हाम्रो धारणा pic.twitter.com/kBKC7MP45J

— Subash Sharma (@subashsharma) April 2, 2020

‘काम गर्ने क्रममा गलत सूचना आदानप्रदान हुँदा गम्भीर त्रुटी हुन गएको हामीले पायौं,’ सिरान टेक्नोलोजीद्धारा प्रकाशित विज्ञप्तीमा भनिएको छ । काठमाडौं प्रेसले समाचारको लिंक डिलिट भएपछि केही घण्टा वेबसाइटमा समाचार पोष्ट गर्न नमिल्ने बनाइएको आरोप लगाएको छ ।

काठमाडौं प्रेसले मंगलबार महंगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

बुधबार बिहान १०ः४० बजे उक्त समाचार समाचार पोर्टलबाट डिलिट भएको काठमाडौंप्रेस अनलाइनले जनाएको छ ।

अनलाइनले एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल र सीईओ सुवास शर्माले फोन गर्दै समाचार हटाउन आग्रह गरेको समाचार हटाउन नमानेपछि सिरान टेक्नोलोजीका प्राविधिकले फोन गरी समाचार हटाउनै पर्ने भन्दै लिंक डिलिट गरेको आरोप लगाएको छ ।

समाचार पोर्टल निर्माण गर्ने प्राविधिक कम्पनीबाट समाचारको लिंक डिलिट हुनु र प्रधानमन्त्रीकै सूचना प्रविधि विज्ञको यसमा संलग्न हुनुबाट सरकारप्रति सन्देह उत्पन्न भएको भन्दै बिहीबार सम्पादकहरुले सामूहिक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए ।

आफूविरुद्ध प्रकाशित समाचार प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अली साझेदार रहेको कम्पनीबाट डिलिट भएको भन्दै सामाजिक सञ्जालमा धेरैले यसको विरोध जनाइरहेका छन् ।

प्रकाशित : चैत्र २१, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?