कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समाचार लिंक डिलिट गरिएको विषयमा सम्पादकहरुको आपत्ति

काठमाडौँ — अनलाइन पोर्टलमा प्रकाशित समाचार सामग्री हटाउन प्रधानमन्त्रीको आईटी सल्लाहकारको प्रत्यक्ष भूमिका रहेको र केही अनलाइन पोर्टल बन्द गराउन प्रेस काउन्सिलले गरेको सिफारिसमा सम्पादकहरुले ध्यानाकर्षण जनाएका छन् । 

काठमाडौंप्रेस नामक अनलाइन पोर्टलमा प्रकाशित समाचार प्रधानमन्त्रीको आईटी सल्लाहकार संलग्न रहेको कम्पनीले हटाएको समाचार प्रकाशित भएको थियो ।

प्रधानमन्त्रीको सल्लाहकार संलग्न कम्पनीले तयार पारेको उक्त पोर्टलमा आफूविरुद्ध समाचार प्रकाशित भएपछि समाचार डिलिट गरिएको भन्दै काठमाडौं प्रेसले विज्ञप्ती जारी गरेको थियो ।

‘समाचार हटाउने यो आपत्तिजनक कारवाहीमा गर्ने कम्पनीको साझेदार प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार अस्गर अली हुनुले सरकारलाई गम्भीर सन्देहमा पारेको छ,’ सम्पादकहरुद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

‘हामी संविधान विरोधी यो प्रकरणमा संलग्नहरुबारे शीघ्र छानबीन गरी दोषीलाई दण्डित गर्न माग गर्छौं,’ विज्ञप्तीमा भनिएको छ ।

सरकारले समाचार नियमन गर्ने नाममा केही समाचार साइट ब्लक गरेको बिषयमा पनि सम्पादकहरुले ध्यानाकर्षण भएको जनाएका छन् । ‘प्रेस काउन्सिलले अनलाइन साइटहरु बन्द गर्न सिफारिस गर्नु संविधानको भावना विपरीत हो,’ विज्ञप्तीमा उल्लेख छ, ‘यसले प्रेसलाई जवाफदेही बनाउने नाममा सरकारको हस्तक्षेप निम्त्याउँछ ।’


प्रकाशित : चैत्र २०, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?