कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ वटा विमानबाट आएका २०५ जना खोज्‍न ७७ जिल्लामै प्रहरी परिचालन

मातृका दाहाल

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) का संक्रमितसँगै विदेशबाट ३ वटा विमानमा आएका २ सय ५ जनालाई प्रहरीले फेला पार्न सकेको छैन ।

प्रहरी प्रधान कार्यालयले गत साता उनीहरुको खोजी गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरेको थियो। चैत ४ गते कतार एयरवेजबाट १ सय ५८, ६ गते एयरअरेवियाबाट १ सय ७० र चैत ७ गते भिस्तारा (भारतीय) विमानबाट १ सय ३० खाडी मुलुक र मलेसियाबाट गरी ४ सय ५८ जना त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल ओर्लिएका थिए ।

३ वटा विमानबाट आएका २०५ जना खोज्‍न ७७ जिल्लामै प्रहरी परिचालन

प्रहरी प्रधान कार्यालयले गत साता उनीहरुको खोजी गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरेको थियो। चैत ४ गते कतार एयरवेजबाट १ सय ५८, ६ गते एयरअरेवियाबाट १ सय ७० र चैत ७ गते भिस्तारा (भारतीय) विमानबाट १ सय ३० खाडी मुलुक र मलेसियाबाट गरी ४ सय ५८ जना त्रिभुवन अन्तर्राष्टिय विमानस्थल ओर्लिएका थिए ।

विमानस्थलबाट थर्मल गनले ज्वरो नापेर सबैलाई जान अनुमति दिइएको थियो । तर, विमानबाट आएका ४ जनामा कोभिड संक्रमणको लक्षण देखिएपछि सरकारले सबैजनालाई क्वारेन्टाइन र आइसोलेसनमा राख्ने निर्णय गरेको थियो । उनीहरुलाई प्रहरी र स्थानीय प्रशासनको सम्पर्कमा आउन आग्रह गरिएको थियो । त्यसपछि केही मानिस सरकारी आग्रहअनुसार प्रशासनको सम्पर्कमा गए, कति होम क्वारेन्टाइनमै छन् ।

कतार एयरवेजबाट आएकामध्ये २ जना आइसोलेसनमा, १ सय ६ जना क्वारेन्टाइन र २० जना सम्पर्कविहीन छन् । यसैगरी चैत ६ गते एयरअरेवियाबाट आएका १ सय ७० यात्रुमध्ये १ सय जना क्वारेन्टाइनमा, १ जना आइसोलेसन र ६९ जना सम्पर्कविहीन छन्। त्यस्तै दुबईबाट दिल्ली ट्रान्जिट हुँदै भारतीय वायुसेवा भिस्ताराबाट चैत ७ गते आएका १ सय ३० मध्ये १ जना आइसोलेसन, १३ जना क्वारेन्टाइन र १ सय १६ जना सम्पर्क बाहिर छन् ।

प्रहरी प्रधान कार्यालयले चैत ४ गतेयता आएका तीनवटा विमानका २ सय ५ जना यात्रुको खोजीकार्य जारी रहेको जनाएको छ । ७७ वटै जिल्ला प्रहरी कार्यालयमा परिपत्र गरेर उनीहरुलाई खोज्न निर्देशन दिइएको प्रहरीले जनाएको छ । सरकारले बारम्बार सम्पर्कमा आउन आग्रह गर्दा पनि अटेर गरेर बस्नेलाई संक्रमित रोग नियन्त्रण ऐन अन्तर्गत कारबाही गरी सुरक्षाकर्मी प्रयोग गरी नियन्त्रणमा लिने चेतावनी दिइसकेको छ । प्रशासनको आह्वानपछि २ सय ५ जना भने सम्पर्कमा आइसकेका छन् । त्यसमध्येकै ४ जना आइसोलेसन र बाँकी क्वारेन्टाइनमा छन् ।

प्रकाशित : चैत्र १९, २०७६ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?