२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

पोजिटिभ केस आएकाहरुको 'कन्ट्याक्ट ट्रेसिङ' भइरहेको छ : प्रवक्ता देवकोटा

हालसम्म गरिएको परीक्षण नेगेटिभ
प्रयोगशाला विस्तार तथा परीक्षणको दायरा बढाइँदै

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना भाइरसको पोजिटिभ केस आएकाहरुको 'कन्ट्याक्ट ट्रेसिङ' भइरहेको बताएका छन् ।

मन्त्रालयमा भएको साेमबारको भर्चुअल मिडिया ब्रिफिङमा उपचारमा रहेका ४ वटा पोजिटिभ केसहरुको 'कन्ट्याक्ट ट्रेसिङ' (संक्रमितले भेटेका व्यक्तिको पहिचान गर्ने काम) भइरहेको बताउँदै नजिकका परिवारका सदस्य तथा आफन्तहरुका हालसम्म गरिएको परीक्षण नेगेटिभ आएको उनले जनाए ।

पोजिटिभ केस आएकाहरुको 'कन्ट्याक्ट ट्रेसिङ' भइरहेको छ : प्रवक्ता देवकोटा

साथै उनले प्रयोगशाला विस्तार तथा परीक्षणको दायरा बढाउने काम भइरहेको बताए । प्रदेशमा आइसोलेसनमा ९३ जना छन्, नमुना २१७ संकलन भएका छन् । उनका अनुसार पीपीई पनि हरेक प्रदेशमा १००० सेटको दरले पठाइएको तथा १० हजारको परिमाणमा मास्क र २० हजार पञ्जा पठाइएको छ । धनगढी र विराटनगरमा गइसकेको छ र अरुमा जाँदैछ ।

उनले नमुुना परीक्षणको दायरा बढाउन सुरु भइसकेको बताउँदै धरानमा नमुना परीक्षण सुरु भइसकेको बताए । अहिलेसम्म १९ जनाको नमुना परीक्षण भएको र थप ६ वटा नमुना संकलन भएको छ । साथै धनगढी, सुर्खेत, बुटवल तथा जनकपुरमा पनि नमुना परीक्षणको विस्तार हुने भएको छ । चीनबाट ल्याइएको सामग्रीहरुको सम्पूर्ण जाँच भइसकेको र काम गर्न अवस्थामा उनले बताए ।

अहिलेसम्म उनले बाहिरबाट आएका ४१ हजार १४० जनाको नामावली तयार भइसकेको र भोलिको दिनमा ट्रेसिङ र परीक्षणका लागि सजिलो हुने जनाए । राष्ट्रिय जनस्वास्थ्य प्रयोेगशालामा ९९३ मा पुगेका छन् । नयाँ टेस्ट ७६ वटा भएका छन् । आजको दिनमा कुनै पोजिटिभ केस नभेटिएको उनले जानकारी दिए ।

आइसोलेसनमा पाटन अस्पतालमा ३ जना र टेकु अस्पतालमा ४ जना रहेका छन् । मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार खेम कार्की जुनै कारणले पनि मृत्यु भएकालाई कोरोनाबाट मृत्यु भएको भन्ने भ्रम नपाल्न आग्रह गरे ।

प्रकाशित : चैत्र १७, २०७६ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?