कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना उपचारका लागि ल्याइएका स्वास्थ्य उपकरण अविलम्ब प्रदेश र जिल्लामा पुर्‍याउन कांग्रेसको आग्रह

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रण, न्यूनीकरण एवं उपचारका लागि सरकारले ल्याएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु अविलम्ब सबै प्रदेश र जिल्लामा पुर्‍याउन आग्रह गरेको छ । 

कोरोना उपचारका लागि ल्याइएका स्वास्थ्य उपकरण अविलम्ब प्रदेश र जिल्लामा पुर्‍याउन कांग्रेसको आग्रह

कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर देशभरका सबै स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री वितरणको यथाशिघ्र व्यवस्था गर्न सुझाव दिएका हुन् ।


खाणले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सम्लग्न चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी र सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरुको आत्मबल बढाउने काम गर्न पनि स्वास्थ्यमन्त्रीलाई आग्रह गरेका छन् । त्यस्तै निजी अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्रीहरु उपलब्ध गराइ कोरोना रोकथाम, नियन्त्रण तथा उपचार अभियानमा सहभागी गराउने सुझाव पनि खाणले दिए ।


जवाफमा स्वास्थ्य मन्त्री ढकालले नेपालमा ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु सोमबार बिहानबाट वितरण भइरहेको र साँझसम्म सबै प्रदेशमा वितरण हुने र प्रदेशबाट सबै जिल्लाहरुमा वितरण भएको बताएका थिए ।


मन्त्री ढकालले निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई पनि कोराना रोकथाम, नियन्त्रण तथा उपचारमा सहभागी गराउने प्रयास भइरहेको बताएको खाणले जानकारी दिए । मन्त्री ढकालले कोरोना रोकथामका लागि कांग्रेसलाई सहयोग गर्न आग्रह समेत गरेका थिए ।

प्रकाशित : चैत्र १७, २०७६ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?